प्रतिनिधिसभाको बैठकमा दुई विधेयक बहुमतले पारित



काठमाडौँ, ७ असोज । प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ । (रासस)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

संघीय संसदमा सांसदहरूले दसैं–भत्ता नपाउने
आफू बिरुद्ध षडयन्त्र भइरहेको प्रदेश २ का मुख्यमंत्री राउतको जिकिर
मन्त्री बनाउने विषय प्रधानन्यायाधीशको हातमा हुँदैन  प्रन्या जबरा
लोसपा आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन नगरिन, नेता राजेन्द्र महतो