प्रतिबन्धित भारु नोट सटही बारे नेपाल राष्ट्र वैंक र भारतीय अधिकारीहरु वीच छलफल जारी



चैत्र १३ नेपालमा रहेको प्रतिबन्धित १ हजार र ५ सय दरका भारु नोट सटही बारे नेपाल राष्ट्र वैंक र भारतीय अधिकारीहरु वीच अहिले छलफल भइरहेको छ । नेपालमा रहेको प्रतिवन्धित १ हजार र ५ सयको भारु नोट सटही बारे बुझ्न नेपाल आएको भारतीय उच्चस्तरीय टोलीले नेपाल राष्ट्र वैंकका पदाधिकारीसंग छलफल गर्न लागेको हो । छलफलका लागि भारतीय अर्थमन्त्रालय र रिर्जभ वैंक अफ ईन्डिया आरवीआईको ४ सदस्यीय टोली शनिबार नेपाल आएको थियो । बालुवाटारस्थित राष्ट्रवैंक कार्यलयमा जारी छलफलमा नेपालमा रहेको भारतीय प्रतिवन्धित नोटबारे छलफल भइरहेको राष्ट्र वैंकका विदेशी विनिमय महाशाखा प्रमुख भिष्मराज ढुङ्गानाले जानकारी दिनुभयो । वैंक तथा वित्तिय संस्थामा रहेको ८ करोड ३४ लाख भारु नोट रिजर्भ वैंक अफ इण्डिया आरवीआईले साट्ने प्रतिवद्धता जनाएपनि सर्वसाधरणसंग भएको भनिएको रकमका बारेमा भने अझै यकिन भएको छ । आजको छलफलमा सर्वसाधरणसंग भएको भनिएको भारु नोट सटहीबारे छलफल भइरहेको ढुङ्गानाले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्वर ८ मा राष्ट्रका नाममा सम्वोधन गर्दै १ हजार र ५ सयको नोटमा प्रतिवन्ध लगाएपछि नेपालमा समेत यसको प्रभाव परेको थियो । नेपालमा रहेको प्रतिवन्धित १ हजार र ५ सयको नोट सटहीको व्यवस्था नहुदा व्यवसायी र सर्वसाधरण मर्कामा परेका थिए । भारतमा प्रतिबन्धित नोट सटहीका लागि डिसेम्वर ३० सम्मको समय दिइएपनि नेपालमा भने लागु भएको थिएन । राष्ट्रवैंक पदाधिकारीसंग आज छलफल पछि मात्रै भारतीय टोलीले निर्णय गर्ने बताइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड