प्रदेश नं २ को एकमात्र महानगरपालिका बीरगंज फोरम नेपालको कब्जामा (वडाध्यक्षमा को को जिते पुरा बिबरणसहित)



राम मण्डल असोज ११ बीरगंज
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मेयरमा संघीय समाजवादी फोरम नेपाल र उपमेयरमा नेपाली कांग्रेस बिजयी भएको छ ।मेयरमा फोरम नेपालका मेयर उम्मेदवार बिजय सरावगी मत ल्याई जित हासिल गर्नुभएको हो ।उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अजय द्धिबेदीले मतमा चित बुझाए ।उपमेयरमा भने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले मत ल्याई बिजयी हुनु भएको हो ।उनका निकटतम प्रतिस्पर्धी फोरम नेपालकी पिंकी यादवले मत प्राप्त गर्नुभएको थियो । तेस्रो स्थानमा रहेको राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले १००८५ मत ल्याएका थिए।चौथोमा नेकपा माओबादी केन्द्रका मेयर पदका उम्मेदवार रहबर अन्सारीले ७५७१ मत प्राप्त गरेका थिए ।पाचौ स्थानमा एमालेका मेयर उम्मेदवार बसरुदिन अन्सारीले ७५५० मत प्राप्त गर्नु भएको थियो ।छैठोमा रहेको नेपाल लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ६९९० मत पाउनु भएको थियो ।तेस्रो स्थानमा रहेकी एमालेकी उपमेयर उम्मेदवार सोफया आचार्यले ९१८९ मत प्राप्त गरेकी थिईन ।चौथोमा राजपाकी उपमेयर उम्मेदवार रम्भा मिश्रले ८८०२ मत ल्याउनु भएको थियो। पाचौमा स्थानमा रहेको नेपाल लोकतान्त्रिक फोरमकी उपमेयर उम्मेदवार रिंकु यादवले ६०८८ मत पाउनु भएको थियो ।छैठो स्थानका माओबादी केन्द्रकी उपमेयर उम्मेदवार दुर्गा क्षेत्रीले ४६२१ मत प्राप्त गर्नुभएको थियो ।३२ वटा वडा रहेको बीरगंज महानगरपालिकामा सबै वडाहरुको मत गणना सम्पन्न भईसकेको छ ।मत गणना समपन्न भईसकेको वडाहरुमा वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका मनोज गुप्ता,वडा नम्बर २ को वडा अध्यक्षमा संघीय समाजबादी फोरम नेपालका अब्बास मिया,वडा नम्बर ३ को वडा अध्यक्षमा राजपाका बैजु स्वर्णकार, वडा नम्बर ४ को वडा अध्यक्षमा काँग्रेसका जगत नारायण साह कानू,वडा नम्बर ५ को वडा अध्यक्षमा राजपाका प्रदीप चौरसिया,वडा नम्बर ६ को वडा अध्यक्षमा काँग्रेसका ध्रुब नेपाल,वडा नम्बर ७ को वडा अध्यक्षमा फÞोरम नेपालका बसन्त भक्कड,वडा नम्बर ८ को वडा अध्यक्षमा नेकपा एमालेका राजकिशोर गुप्ता,वडा नम्बर ९ को वडा अध्यक्षमा फÞोरम नेपालका मनोज कलवार,वडा नम्बर १० को वडा अध्यक्षमा कांग्रेसका राम नगीना प्रसाद कानु,वडा नम्बर ११ को वडा अध्यक्षमा एमालेका प्रधुमन सेढाई,वडा नम्बर १२ को वडा अध्यक्षमा फोरम नेपालको राम दरश कुशवाहा,वडा नम्बर १३ को वडा अध्यक्षमा फोरम नेपालका तुफान अंसारी, , वडा नम्बर १४ मा फोरम नपालकै भरत कुर्मी,वडा नम्बर १५को वडा अध्यक्षमा कांग्रेसका गजेन्द्र पटेल, वडा नम्बर १६ को वडाध्यषमा फोरम नेपालका शयामबाबु चौरसिया,वडा नम्बर १७ को वडाध्यक्षमा फोरम नेपालकै सुखरानी कुमारी यादव,वडा नम्बर १८ को वडाध्यक्षमा कांग्रेसका ब्रहमदेव राउत कुर्मी, वडा नम्बर १९ को वडा अध्यक्षमा लो.फोरमका संतोष तिवारी,वडा नम्बर २० को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका पारस यादव,वडा नम्बर २१ को वडा अध्यक्षमा कांग्रेका हबीब मियाँ,वडा नम्बर २२ को वडा अध्यक्षमा फÞोरम नेपालका ग्यासुदिन मियाँ,वडा नम्बर २३ को वडा अध्यक्षमा एमालेका अवध किशोर कुशवाहा,वडा नम्बर २४ को वडा अध्यक्षमा काग्रेसका दशरथ पटेल,वडा नम्बर २५ को वडा अध्यक्षमा फोरम नेपालका विसराज राउत कुर्मी,वडा नम्बर २६ को वडा अध्यक्षमा काँग्रेसका शम्भु मिश्र,वडा नम्बर २७ को वडा अध्यक्षमा एमालेका प्रदिप यादव,वडा नम्बर २८ को वडा अध्यक्षमा फोरम नेपालकी गिरजा देवी कुर्मिन,वडा नम्बर २९ को वडा अध्यक्षमा फोरम नेपालका धर्मेन्द्र चौधरी,वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका अमानत अन्सारी,वडा नम्बर ३१ कोे वडा अध्यक्षमा कांग्रेसका चुमन चौधरी, र वडा नम्बर ३२ को वडा अध्यक्षमा राजपा नेपालका रियाजÞ अहमद विजयी भएका छन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन