प्रदेश नम्बर दुइ मा मधेशी दलहरु पनि चुनावको आन्तरिक तयारीमा व्यस्त



प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनको मिति सरेपछि जनस्तरमा चुनाबी चहलपहलमा कमी आएको देखिएपनि मधेशी दलहरु भने चुनावको आन्तरिक तयारीमा जुटिसकेका छन् ।मधेशी मोर्चा र सरकार बीच संविधान संसोधन गरि दोस्रो चरणमा जेष्ठ ३१को चुनावमा जाने सहमति भएसंगै चुनावमा भाग लिने उत्साहित भएका तराई लगायत पर्सा र बाराका नेता कार्यकर्ताहरु केहि निराश भएपनि दलहरु भने चुनावको आन्तरिक तयारीमा जुटेका हुन ।सरकारले तराई मधेश लगायत ४ वटा प्रदेशमा जेष्ठ ३१ मा दास्रो चरणको स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै तराईका जिल्लाहरुमा मधेशबादी दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् ।पर्सा ,बारा र रौटहटमा मुख्य गरि मधेशबादी दलहरुले एकताको संन्देश लिएर गाउँ गाउमा पार्टी प्रवेश कार्यक्रम शुरु गरिसकेका छन् ।यी जिल्लाहरुमा विशेष गरि ६ वटा मधेशी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल र संघिय सामाजबादी फोरम नेपालले चुनावी तयारीलाई तिब्रता दिएका छन् । मधेशका जिल्लाहरुमा रहेका प्रमुख दुई मधेशबादी दल राष्ट्रिय जनता पार्टी नेपाल र संघिय सामाजबादी फोरम नेपालले संविधान संसोधन नभई दोस्रो चरणको पनि चुनावमा नजाने बताएपनि आन्तरिक रुपमा चुनावलाइ लक्षित गरि दिनहु नगर देखि गाउ सम्म पार्टी प्रवेश ,अन्तरकृया जस्ता कार्यक्रमहरुलाई तिव्रता दिएका छन्। जेष्ठ ३१ अघि नै संविधान संसोधन गरि सरकारले चुनावी बाताबरण बनाउनेमा आफुहरु विश्वस्त रहेको भन्दै राष्टिय जनता पार्टी नेपालका नेता शशिकपुर मियाले भने संविधान संसोधन नभए आफुहरु चुनाव अघि नै आन्दोलनमा जाने बताउनुभयो ।उहाले सरकार संविधान संसोधनमा ईमान्दार देखिएपनि मुख्य बाधक एमाले रहेका कारण संविधान संसोधन हुन नसकेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान