प्रदेश २ एकीकृत समाजवादी सरकारमा जाने तयारीमा



काठमाडौ,१६ भाद्र । प्रदेश नंबर २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टीले सहभागी हुने तयारी गरेको छ । प्रदेशमा रहेका २१ जना नेकपा एमालेका सांसद मध्ये १३ जना समाजवादीका रहेको बताईएको छ ।
सासंसदहरुको सनाखत गर्न भने बाँकी रहेको छ । छिट्टै सनाखत गर्ने र सनाखतलगत्तै दलको बैठक बसी दलका नेता चयन गरी सरकारमा जाने विषयमा औपचारिक निर्णय गर्ने बताईएको छ ।
यसअघि जसपा नेतृत्वको प्रदेश नं २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ ।
प्रदेश नं २ मा रहेको ११ मन्त्रालय मध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् । बाँकी मन्त्रालय मुख्यमन्त्री लालबाबु राउत आफूसँगै राख्नुभएको छ । शौ—Imagekhabar


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड