प्रदेश २ मा कोरोना जितेर घर फर्किनेको संख्या ३७ हजार ५९ पुगे



वीरगन्ज,६ असोज । प्रदेश २ मा कोरोना जितेर घर फर्किनेको संख्या ३७ हजार ५९ पुगेको छ । निको भई घर फर्केकाहरुमा २८ हजार ८ सय ९३ पुरुष तथा ८ हजार १ सय ६६ महिला रहेको स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । अघिल्लो २४ घण्टाको अवधि भित्र प्रदेश २ भर निको भई घर फर्किनेहरुको संख्या ४ रहेको छ ।

यता पछिल्लो २४ घण्टामा प्रदेश २ भरमा १ सय जनाको कोरोना परीक्षण गरिएको छ । सो मध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ९८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने २ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । प्रादेशिक अस्पताल जनकपुरधाममा ३९ जनाको पीसीआर गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये एकजना जनकपुरधाम उपमहानगरपालिकाका ३२ वर्षिय पुरुष तथा बटेश्वर गाँउपालिकाका ५२ वर्षीय एक पुरुष रहेको निर्देशनालयले जनाएको छ । स्व.गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको ल्याबमा ५ वटा पीसीआर तथा एउटा एन्टिजेन परीक्षण गरिएको थियो र त्यौ सबै रिपोर्ट निगेटिभ आएको छ ।

त्यस्तै सिरहा पीसीआर ल्याबमा १२ जनाको पीसीआर परीक्षण गरिएको थियो जस मध्ये सिरहा जिल्ला गोलबजार नगरपालिका निवासी २० वर्षिय एक युवतीमा संक्रमण पोजिटिभ देखिएको छ । यता मलंगवा अस्पताल पीसीआर ल्याबमा २२ जनाको कोरोना परीक्षण गरिएको थियो भने बाराको कलैया अस्पतालमा ६ जनाको परीक्षण गरिएको थियो ।

सो मध्ये सबैको रिपोर्ट निगेटिभ आएको निर्देशनालयद्वारा जारि विज्ञप्तिमा उल्लेख छ । त्यस्तै गौर अस्पतालमा १५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ भने एउटा एन्टिजेन परीक्षण गर्दा सोको रिपोर्ट निगेटिभ आएको हो । गौर तथा गरुडा नगरपालिकाका क्रमशः १९ र ५१ वर्षिय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि