प्रदेश–२ मा मातृशीशु मृत्युदर अझै पनि उच्च , गत आर्थिक वर्षमा २४ जना आमा र १४० शीशुको मृत्यु



वीरगन्ज, ७ साउन ।
प्रदेश–२ मा आमा र शिशुको अकाल मृत्यु हुने क्रम उच्च रहेको छ । प्रदेश २ मा १३ सरकारी अस्पताल, १३ स्वास्थ्य संस्था, १५६ वर्थिङ सेन्टर र २१३ वटा निजी अस्पताल छन् । प्रदेश २ मा मातृमृत्यु दर भन्दा शिशु मृत्युदर बढी रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, प्रदेश २ मा गत आर्थिक वर्ष २०७७÷७८ मा २४ जना आमाको र १४० जना शीशुको मृत्यु भएको छ ।

यस्तै आर्थिक वर्ष २०७५÷७६ मा २९ जना आमाको र ११७ जना शीशुको तथा आर्थिक वर्ष २०७६÷७७ मा १५ जना आमाको र १२२ जना शीशुको मृत्यु भएको थियो । वीरगन्जकै नारायणी अस्पतालमै पनि आर्थिक वर्ष २०७६÷७७ मा ८० र गत आर्थिक वर्ष २०७७÷७८ मा ८३ जना शिशुको मृत्यु भएको छ । नारायणी अस्पतालमा वाषिर्क ९ हजार देखि १० हजारसम्म महिला सुत्केरी हुन्छन् । अवस्था निकै बिग्रेपछि मात्र अस्पतालमा सुत्केरी गराउन आउने चलनका कारण आमा र शीशुको ज्यान जोखमिमा पर्ने गरेको नारायणी अस्पतालको प्रसूति विभागमा कार्यरत नर्स श्रुति साहले बताउनुभयो ।

नारायणी अस्पतालकै नर्स अहेमा थापाका अनुसार कम उँचाइ भएका महिलाबाट नर्मल डेलिभरी हुने सम्भावना एकदमै कम हुन्छ । त्यस्ता गर्भवतीलाई पनि स्थानीय स्वास्थ्य संस्थामा प्रयास गरेर नसकेपछि मात्र अस्पताल पठाउने गरिएको उहाले बताउनुभयो । स्वास्थ्य संस्थामा बच्चा जन्माउन प्रोत्साहित गर्न नेपाल सरकारले सन् २००० देखि नै ‘सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम’ लागू गरेको छ । त्यस्तै, सन् २००५ देखि सुरक्षित प्रसूति अनुदान कार्यक्रम लागू गरिएको छ । यस अन्तर्गत स्वास्थ्य संस्थामा गर्भ जाँच र सुत्केरी गराएबापत यातायात खर्च दिने गरिएको छ । २००९ जनवरीमा लागू भएको निःशुल्क राष्ट्रिय प्रसूति नीति अनुसार सबै जिल्लामा ‘आमा’ कार्यक्रम चलेको छ ।पर्सा जिल्लामा २३ वटा वर्थिङ सेन्टर छन् । तीमध्ये आठ वटामा एसबीए तालीम प्राप्त जनशक्ति नभएको जनस्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्स निरीक्षक मीरा यादवले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड