प्रदेश २ सरकारले दुई वर्षमै ३८ करोड भन्दा बढीको सवारी साधन खरिद गर्यो



वीरगन्ज,१३ असोज । प्रदेश २ सरकारले दुई वर्षमै ३८ करोड भन्दा बढीको सवारी साधन खरिद गरेको छ । प्रदेशमा रहेका विभिन्न मन्त्रालय तथा कार्यालयको लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ मा कुल ३८ करोड ५९ लाख १० हजार बराबरको सवारी साधन खरिद गरेको महालेखा परीक्षकको कार्यालय जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

महालेखाका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशसभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मन्त्रालय, नीति आयोग तथा मुख्य न्यायाधिवक्ताको कार्यालयका लागि २८ करोड ९८ लाख २५ हजारको ३५ सवारी साधन खरिद गरेको थियो । यसैगरी आर्थिक बर्ष २०७६÷७७ मा भने प्रदेश २ सरकारले थप ९ करोड ६० लाख ८५ हजार रुपैयाँ सवारी साधनकै खरिदमा प्रयोग गरेको हो ।

प्रदेशसभा सचिवालयले १३, आर्थिक मामिला तथा योजना मन्त्रालयले एक र मुख्य न्यायाधिवक्ताको कार्यालयले एक गरी १५ वटा सवारी साधन खरिद गरेका हुन् । यसमा प्रदेश सरकारले ९ करोड ६० लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ ।लगातार दुई वर्षमा प्रदेश सरकारले सवारी साधन खरिदमै करोडौँ खर्च गर्न थालेपछि महालेखाले प्रदेश सरकारलाई सवारी साधन खरिदमा नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ ।
यसैबीच प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा खरिद गरेका विभिन्न सवारी साधनको मर्मतमा करिब ५० लाख खर्च गरेको छ । सवारी साधन खरिद गरेकै वर्ष ४९ लाख ९९ हजार रुपैयाँ मर्मतमा खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।प्रत्येक मर्मत अभिलेख र सोको मापदण्ड तयार गरी प्रत्येक सवारीमा भएको मर्मत खर्च, मर्मत आदेश तथा प्रयोग गर्ने पदाधिकारीले प्रमाणित गरी मर्मत समयसँग समन्वय हुने गरी सवारीको मर्मत खर्च गर्नुपर्ने व्यवस्था छ ।

प्रदेशसभा सचिवालय अन्तर्गत कुल २० सवारी साधन रहेकोमा सो को नियन्त्रण अभिलेख र मर्मत अभिलेख नराखिएको महालेखाको प्रतिवेदनमा छ ।यसरी मापदण्ड विपरित मर्मत खर्च गरिएको पाइएपछि सवारी साधन मर्मतको प्रतिस्पर्धा, खरिद मूल्यमा हालसम्मको मर्मत खर्च, मर्मत आदेश, सवारी प्रयोग गर्ने पदाधिकारीको स्वीकृति लगायतको विषयसँग सम्बन्धित कागजात पुराना सामानको फिर्ता दाखिला समेत देखिने गरी अभिलेख राखी मर्मत खर्च नियन्त्रण गर्न महालेखाले प्रदेश सरकारलाई सुझाव दिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि