प्रहरीकैे मिलोमतोमा पर्साको ठोरी नाकाबाट खुलेआम तस्करी हुदै



चैत्र २२ पर्साको ठोरी नाका, भारतीय मालसामान अवैध रुपमा भित्रयाउने तस्करहरुको लागि सहज नाकाको रुपमा स्थापित हुदै गएको छ । सदरमुकाम वीरगन्जबाट झण्डै ६० किलो मिटर सुदुर पश्चिममा रहेको ठोरी नाकाबाट दिनहु लाखौ मुल्य बारबरको भारतीय सामानहरु भन्सार राजश्व छलेर नेपाल भित्रिने गरेको स्थानीयले बताएका छन् । दोश्रो मधेस आन्दोलनका बेला वीरगन्जमा मधेसी दलले नाकाबन्दी गरेका बेला देखि नै कारोबारीहरुले तस्करीका लागि ठोरी नाकालाइ प्रयोग गरेका हुन् । भारतबाट ठोरी नाका हुदै भन्सार राजश्व छलेर भित्रयाइएका सामान कारोबारीहरुले चितवनको माडी, नारायणगढ, पोखरा , काठमाण्डौ, गोर्खा लगायतका शहरमा पुरयाउदै आएका छन् । ठोरी नाकाबाट दिनहु लाखौ मुल्य बराबरको कपडा, मेशीनरी पाटपुर्जा, खानेतेल, चिनी, मशला लगायतका सामान अवैध रुपमा भित्रिने गरेको छ । कारोबारीहरुले भारतको रक्सौल, नरकटियागन्ज र बेतिया शहरबाट खरिद गरिएका कपडा पिकअप भ्यानमा लोड गरेर सीमावर्ती भिखना ठोरी बजारमा ल्याउने गरेका छन् । भिखना ठोरीमा ल्याएर भण्डारण गरिएको सामान रातिको समयमा भरिया लगाएर ठोरी भन्सार क्षेत्रमा रहेका गोदामहरुमा ओसार्ने गरिन्छ । गोदाममा भण्डारण गरिएको सामान ठोरी माडी भरतपुर रुटमा चल्ने याुत्रवाहक बस र अन्य मालवाहक गाडीमा लोड गरेर देशका विभिन्न शहरमा कारोबारीहरुले पुरयाउने गरेका छन् । ठोरी नाकाबाट भइरहेको तस्करीको धन्दामा चितवनको माडी, भरतपुर र काठमाण्डौका कारोबारीहरु पनि सकृय छन् । ठोरी नाकाबाट भइरहेको मालसामनको तस्करीमा ठोरीमा रहेका प्रहरीको पनि मिलोमतो रहेको श्रोतले जनाएको छ । ठोरीमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छ । सशस्त्र प्रहरीको पोष्ट छेउमै ठोरी छोटी भन्सार कार्यालय पनि छ । छोटी भन्सार कार्यालयमा एक जना खरिदार र एक जना कार्यालय सहायक कार्यरत छन् । काराबारीहरुले ती दुवै जना कर्मचारीलाइ पनि मालसामानको परिमाण अनुसार आर्थिक नजराना दिने गरेका छन् । पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले भने तस्करीमा प्रहरीको संलग्नता देखिएमा सम्बन्धित प्रहरीलाइ कार्वाही गर्ने बताउनु भयो । सर्वसाधरणले सीमा पारीबाट ल्याउने दैनिक उपभोग्य बाहेक अरु कुनै पनि सामान ल्याएको भेटिएमा नियन्त्रणमा लिएर बुझाउन इलाका प्रहरी कार्यालय ठोरीका इन्चार्जलाइ आफुले निर्देशन दिइसकेको पनि उहाले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान