प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य अनिल तिवारी फोरम नेपालमा प्रवेश



राम मण्डल साउन १० बीरगंज
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य अनिल तिवारी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नु भएको छ । सेतेपार्टी डटकम अनलाइन, इमेज टेलिभिजन च्यानल र जनकपुर टुडे पत्रिकामा कार्यरत तिवारी मंगलबार फोरम नेपालमा प्रवेश गर्नु भएको हो । वीरगन्जको श्रीपुरमा रहेको फोरम नेपाल पर्साको पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा पत्रकार तिवारी फोरम नेपालमा प्रवेश गर्नु भएको हो । कार्यक्रममा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एंव सांसद लालबाबु राउत गद्धी र जिल्ला अध्यक्ष प्रदीप यादवले पार्टीको सदस्यता प्रदान गर्दै तिवारीलाइ फोरम नेपालमा प्रवेश गराउनु भएको हो । फोरम नेपालमा प्रवेश गरेपछि मन्तव्य दिदै पत्रकार तिवारीले मधेसका मागको लागि एक दशक देखि संघर्षरत फोरम नेपाल नै मधेस र मधेसी जनताका सच्चा पहरेदार रहेको भन्दै मधेसको माग फोरम नेपालबाट नै पुरा हुने भएकाले आफु फोरम नेपालमा प्रवेश गरेको बताउनु भयो । मुलुकमा प्रजातन्त्र बहाली पछिको २८ वर्षको अवधीमा पटक पटक गरि सत्तामा कब्जा जमाउदै आएका काँग्रेस र एमालेले मधेसका सवालमा सधै विभेद गर्दै आएको भन्दै पत्रकार तिवारीले अब मधेसको मुक्ति फोरम नेपालबाट मात्रै सम्भव भएको बताउनु भयो । कार्यक्रममा बोल्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले विगत दुइ दशक देखि विभिन्न सन्चारगृहमा कार्यरत पत्रकार तिवारीले एक स्वच्छ र इमान्दार छवि स्थापित गरेको भन्दै उहालाइ पार्टीले सही मुल्यांकन गरेर उचित स्थान दिने बताउनु भयो । कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य वीरेन्द्र यादव , तराइ मधेस प्रदेशका कोषाध्यक्ष विजय सरावगी , सचिव सलाउदीन अहमद , समाजवादी युवा फोरम नेपालका कोषाध्यक्ष अस्लम आलम , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा , पत्रकार पवन तिवारी , अशोक तिवारी , रितेश त्रिपाठी लगायतको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड