प्रेस सेन्टर नेपाल पर्सा शाखाको पाँचौं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन



कृष्णउदास खनाल
वीरगन्ज, ८ मंसिर ।  प्रेस सेन्टर नेपाल पर्सा शाखाको पाँचौं जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । प्रेस सेन्टर पर्साका अध्यक्ष नीरज पिठाकोटे मगरको अध्यक्षतामा र प्रेस सेन्टर नेपाल केन्द्रीय कार्यालयका सदस्य गोबिन्द देवकोटाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

उद्घाटन सत्रको कार्यक्रमलाई संबोधन गर्दै सेन्टरका कार्यालय सदस्य देवकोटाले अरु पत्रकार भन्दा प्रेस सेन्टरका पत्रकारले समाजमा फरक छाप राख्न सफल भएको र यो कामय राख्न आवश्यक रहेकोमा जोड दिनुभयो । सोही कार्यक्रममा नेकपा माओवादी केन्द्र वीरगन्ज महानगरका इचार्ज बावुराम कौशिकले पत्रकार र पार्टीकाीचमा समन्वय आवश्यक रहेको बताउनुभयो ।

नेकपा माओवादीका वीरगन्ज महानगरका अध्यक्ष रहबर अंसारीले पत्रकारका कारण नै समाज परिवर्तन हुने हुदा परिवर्तनको पक्षमा आवाज उठाउन प्रेस सेन्टरका सदस्यहरलाई आग्रह गर्नुभयो । प्रेस सेन्टरका केन्द्रीय आयोजक समितिका सदस्य कृष्णउदास खनालले निकै मेहनत गरेर प्रेस सेन्टर पर्सामा गठन गरिएको बिगत स्मरण गर्दै ंसठनका सदस्यहरु ब्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।

माओवादीका सल्लाकार एवम् जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले पत्रकार र जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जुबेर आलमले पत्रकार र बिद्यार्थी संगठनकाबीचमा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

यसैबीच सम्मेलनले दीपक गौतमको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सोनम गौतम र कृष्णमोहन साह, सचिवमा शिवनाथ यादव, सहसचिवमा राम मंडल कोषाध्यक्षमा सुमन खरेल सहित सदस्यहरुमा सब्दर हुसैन, मेघराज राय, अनिल साह, प्रणय साह, सनम श्रेष्ठ, माधव तिमलसिना, दिगम्बर थापा, अजित भुजेल, रितेन्द्र झा र समिना रंजितकार निर्वाचित हुनु भएको छ ।

यसरी नै प्रदेश प्रतिनिधिमा शिवनाथ यादव, मुनेश लायो मगर, राम मंडल र अशोक श्रीवास्तव चयन हनु भएको छ भने केन्द्रीय प्रतिनिधिमा नीरज पिठाकोटे, जगत राइ र संतोष पौडेल चयन हुनु भएको प्रेस सेन्टर नेपाल केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य कृष्णउदास खनालले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्री र रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा म्याराथन दौड प्रतियोगिता सम्पन्न
वीरगन्ज नाकाबाट चार महिनाको अवधिमा निर्यात बढ्यो
विजय सरावगी जसपाको केन्द्रीय सदस्यमा मनोनित, प्रदीप यादव केन्द्रीय सदस्यबाट निष्काशित
वीरगन्ज महानगरपालिका ३२ वटा वडा मध्ये अहिले सम्म १५ वटा वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न