फोरम नेपालले वीरगन्ज वडा नंबर ३२ लक्षमिपुर र इश्लाम्पुरमा बाढि पिडित ६० परिवारलाई राहत वितरण



भाद्र ६ युवाहरुको संस्था संस्कृतिको सहयोगमा संघीय समाजवादी फोरम नेपालले वीरगन्ज महानगरपालिका वडा नंबर ३२ मा रहेको लक्षमिपुर र इश्लाम्पुरमा गरि बाढि पिडित ६० परिवारलाई राहत वितरण गरेको छ । युवाहरुको संस्था संस्कृतिको सकंलन र सहयोगमा बाढीपिडित ६० परिवारलाइ फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष तथा वीरगन्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय सरावगी, संस्कृतिका सदस्यहरु रोहित वर्णवाल, आशु सर्राफ, युवा नेता नासिर खान लगायत स्थानिय नेताहरुको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा राहत सामग्री बितरण गरिएको संस्कृतिकी संयोजक शैली अग्रवालले बतानु भयो । बाढि पिडित परिवारलाई तत्काल सहयोग गर्न संस्कृति, कोशिश फाउन्डेसन, वीरगन्जका विभिन्न लियो क्लबहरुको तथा विभिन्न सहयोगी दाताहरुको सहयोगमा ३ सय ५० परिवारका लागी विभिन्न राहत सामग्रीहरु भरिएको बकेट तयार पारी वितरणको अभियानलाइ तिव्रता दिइएको हो । संस्कृती संस्थाले २ हजार ५ सय रुपैयामा तयार पारेको राहत बकेटमा एक थान त्रिपाल, एक थान झुल, दुइ थान सुत्ने फोम, एक थान बाल्टिन, १ थान मग, १ थान सेनेटरी प्याड, ३ किलो चिउरा, ५ किलो चामल, १ किलो दाल, १ प्याकेट नुन, १ थान साबुन, १ दर्जन चाउचाउ, १ दर्जन बिस्कुट, आधा दर्जन जीवनजल, आधा दर्जन ग्लुकोज, १ थान पियुष र अन्य सामान्य औषधिहरु रहेको अग्रवालले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान