फोरम नेपाल पर्साद्धारा सप्तरीका बाढीपिडितहरुका लागि १० लाख मुल्यको राहत सामग्री सहयोग



असार २८ संघीय समाजवादी फोरम नेपाल पर्साले सप्तरीका बाढीपिडितहरुका लागि बुधबार राहत सामग्री पठाएको छ । फोरम नेपाल पर्साले सप्तरीका बाढीपिडितहरुका लागि १० लाख रुपैया भन्दा बढी मुल्यको राहत सामग्री पठाएको हो ।फोरम नेपालको तराई मधेस प्रदेश कोषाध्यक्ष विजय कुमार सरावगीले उपलब्ध गराउनु भएको आठ लाख रुपैया मुल्यको पाच सय थान त्रिपाल र बिभिन्न दाताहरुबाट प्राप्त ७५ बोरा चामल लगायतका राहत सामाग्री आज सप्तरीका बाढीपिडितहरुका लागि पठाइएको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिनु भयो । बुधबार बिहान एक कार्यक्रमका बिच फोरम नेपाल पर्साका अध्यक्ष यादव , तराइ मधेस प्रदेश कोषाध्यक्ष सरावगी र नेता सुन्दर कुर्मीले राहत सामाग्री सहितको टोलीलाइ सप्तरीका लागि विदाइ गर्नु भएको हो । राहत सामग्री लिएर सप्तरी प्रस्थान गरेको टोलीमा फोरम नेपाल पर्साको क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव राधा कृष्ण रौनियार ,युवा नेता रोहित बर्णवाल , युवा अभियन्ता आशु सर्राफ लगायतको सहभागीता रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन