बंगलादेशको एक रोहिग्याँ क्याम्पमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा ७ जनाको मृत्यु



एजेन्सी, ५ कात्तिक । बंगलादेशको एक रोहिग्याँ क्याम्पमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा ७ जनाको मृत्यु भएको छ ।
घटनामा दर्जनौं घाइते भएका छन् । घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।

आधुनिक हतियारसहित प्रवेश गरेका ती व्यक्तिले क्याम्पमा समुहमा बसेका व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको घटनास्थलमा र ३ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटना लगत्तै उनीहरुमा भागदौड मच्चिएको थियो । गोली हान्ने व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आप्रवासी र शरणार्थी चढेको डुंगा इङ्लिस च्यानलमा डुब्दा २७ जनाको मृत्यु
नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारीको मृत्यु
आज विश्व खाद्य दिवस विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ
भारतीय जनता पार्टीद्वारा युपीका लागि “१०० दिनका १०० कार्यक्रम” तयार