बडा दसैँको मुख्य दिन आज देखि सुरु, वीरगन्जको प्रसीद्ध शक्तिपिठ गहवामाइ मन्दिरमा पनि हर्षोल्लाशका साथ फुलापाती भित्रयाइयो



वीरगन्ज,२६ असोज । नवरात्रको सातौं दिन आज दशै घर र नवदुर्गा भवानीको पूजास्थलमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर फुलापति पर्ब मनाइएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड बडादशैंको चहलपहल आजैका दिनदेखि अझै बढ्ने गर्दछ ।

यस्तै वीरगंजको एतिहासिक शक्तिपिठ गहवामाई मन्दिरमा पनि आज भव्यताका साथ फुलपाती कार्यक्रम भएको छ । वीरगंजको वीर्ता मन्दिरबाट विर्ता भगवतीको डोला सहित फुलपाती ल्याएर विधिपुवर्क रुपमा गहवामाई मन्दिरमा चढाएपछि यो कार्यक्रम सम्पन्न हुने गर्छ ।

वीरगंज स्थित श्रीपुरबाट जाने नेपाली सेनाको एक टुकडीले विर्ताबाट डोला ल्याएर गहवामाई मन्दिर प्रांगणमा राखेर फर्सी र बोकाको बली दिएर फुलपाती चढाउने परम्परा रहेको छ । वीर्ताबाट भगवतीको डोला ल्याउन बाजागाजा सहित गएको नेपाली सेनाको टोलीमा निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती ल्याउने गरिन्छ ।

गहवामाई मन्दिरमा चढाईने फुलापाती कार्यक्रममा वीरगंज लगायत बारा,पर्सा लगायत सिमापारीका दर्शानार्थीहरुको ठुलो भिड लाग्ने गर्दछ । आज गहवामाइ मन्दिरमा फुलपाति भित्रयाउने समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी लगायतको विशेष उपस्थिती रहेको थियो ।

यस्तै आज फुलपातिका दिन तराई मधेशमा दुर्गा भवानीलाई खोईच भर्ने परम्परा रही आएको छ । जस अन्तर्गत भक्तजनहरुले दुर्गालाई छोरी मानेर आफ्नो इच्छा अनुसार शाकाहारी खानेकुरा वा महिला साजश्रृंगारका सामाग्री चढाएर खोइच भर्ने चलन रहेको छ । फुलपाती भित्रयाइ सकेपछि विहान देखी अबेर राती सम्म तराईका जिल्लाका देवी मन्दिर र खास गरी वीरगंजको माईस्थान मन्दिरमा पर्सा, बारा, रौतहट लगायत भारतका विभिन्न ठाउँबाट आउने भक्तहरुको खोईच भर्नका लागि घुईचो लाग्ने गर्दछ ।

यसैबिच फुलापाती तथा भोली हुने बलिदान कार्यक्रमको लागि वीरगंजको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाईएको छ । वीरगंजको मेलामा हुने भिडभाडलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा रणनिती अनुसार प्रहरी परिचालन गरेको छ । मेलामा हुने भिडभाड,पकेटमारी र महिला सुरक्षाको लागि विशेष रणनिती सहित सादा पोसाक सहित प्रहरीहरु ठाउठाउमा खटाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताउनुभयो ।

प्रहरी उपरिक्षक पाण्डेले मेलाको भिडभाडमा युवायुवतीहरुबाट हुने उच्छृंखल गतिविधिलाई निरुत्साहित पार्न बिशेष निगरानी राखेर प्रहरी परिचालन गरिएको बताउनुभयो । महिला सुरक्षालाई बिशेष ध्यानमा राखेर सुरक्षा व्यवस्था अपनाईएको प्रहरी उपरिक्षक उपरिक्षक पाण्डेले बताउनुभयो ।

यसैबीच मेलामा आउने दर्शानार्थीहरुलाई दर्शन गर्न तथा मेला हेर्न सहज होस भनेर वीरगंज महानगरपालिको विशेष सक्रियतामा मेलालाई व्यवस्थित बनाईएको छ । मेलालाई व्यवस्थित नाउन महानगरपालिकाले ट्राफिक प्रहरी र नेपाल प्रहरीसंग सहकार्य गरेर मेलालाई व्यवस्थित बनाएको हो । वीरगंज मेलामा ठाउठाउमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्था कडा अपनाएको वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले बताउनुभयो ।

विगतका बर्षहरुमा जथाभावी रोडमा पसल थापेर बस्ने व्यवयसायीलाई सडकको दुबै किनारा र विचको एक लाईनमा मात्र पसल थाप्न दिएको छ । मेलामा पसलहरु व्यवस्थित भएपछि मेला हेर्न आउने र पुजा गर्न गर्न आउने दर्शानार्थीहरुलाई सहज भएको वीरगंज घडीअर्वाका राकेश साह कानुले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

टीकाको उत्तम साइत बिहान १० : ०२ बजे शुरु गरियो
सामुदायिक रेडियो माडीको चौथो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
दुई वर्ष देखि कोरोनाले प्रभावित वीरगन्जमा यसपाली भने दशैं मेलाको चहलपहल शुरु