बन डिभिजन कर्यालय पर्सा र सशस्त्र प्रहरीको संयुक्त टोलीले २५ घनफिट काठ बरामद


पुस ९ बिरगंज
,पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा १ मधुवन मथौवल सखुवानियाबाट बन डिभिजन कर्यालय पर्सा र सशस्त्र प्रहरीको संयुक्त टोलीले २५ घनफिट काठ बरामद गरेको छ । राष्ट्रिय वनबाट काँचो सालको रुख कटानी गरि फर्निचर बनाईरहेको सूचनाको आधारमा वन र सशस्त्र प्रहरीको टोलील्े सखुवनीयाको विभिन्न घर गोठमा छापामारी गर्दा गोलिया र चिरान काठ गरि २५ घनफिट काठ बरामद गरेको हो । टोलीले घर गोठमा छापा मारेर काठ बरामद गर्ने क्रममा स्थानीय महिलाहरुले अवरोध गरेपछि केहीबेर तनाव पनि भएको थियो । बरामद गरिएको काठको विषयमा अनुसन्धान भईरहेको बन डिभिजन कार्यालय पर्साका प्रमुख रामबाबु साहले बताउनुभयो । बरामद गरिएको काठ ईलाका बन कर्यालय मनवामा राखिएको छ । त्यसैगरि ईलाका बन कर्यालय रंगपुरको टोलीले पनि १० घनुफिट काठ बरामद गरेको छ् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पर्साको पर्सागढी नगरपालिका द्धारा पत्रकार आयोजना
वीरगन्जमा सशस्त्र प्रहरीले पक्रेको एक ट्रक पाडा , वीरगन्ज भन्सार कार्यालयले छोड्यो
ठूलो परिमाणमा लागु औषध सहित एक युवक पक्राउ
महानगर क्षेत्रको सडकमा जथाभावी राखिएका गिट्टी बालुवा र कवाडी सामान हटाउने अभियान शुरु