बाँदरझुलामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्पमा बिजुलीबत्ती पुग्यो



माधव तिमिल्सिना

ठोरी ,१७ साउन । ठोरीसंग सिमाना जोडिएको बाँदरझुलामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्पमा बिजुलीबत्ती पुगेको छ । चितवनको माडी नगरपालिका –९ मा पर्ने विकट क्षेत्र बाँदरझुला गाउँमा रहेको सशस्त्रको क्याम्पमा पहिलोपटक आइतवार बिजुलीबत्ती बलेको छ ।
पर्साको ठोरी –१ , चौतारासंग सिमाना जोडिएको सो ठाउँमा विजुलीबत्ती नहुँदा स्थानीयका साथै सुरक्षाकर्मीलाई समेत समस्या हुँदै आएको थियो । चितवन जिल्लामा पर्ने ठाउँ भएपनि पर्साको पोखरीया वितरण केन्द्रले तत्काललाई सशस्त्रको बेस क्याम्पसम्म विद्युत पुर्याएको हो।

केबल तारमार्फत रुखमा तार झुण्ड्याएर क्याम्प सम्म विद्युत पुर्याइएको पोखरीया वितरण केन्द्र अन्तरगतको सुवर्णपुर फ्युज सेवाका प्रमुख रामलालले जानकारी दिए। चौताराबाट रुखमाथि तार टाँगेर झण्डै २ किलोमिटर दुरीमा रहेको क्याम्पसम्म बिजुली लगिएको उनले बताए।


चितवन राष्ट्रिय निकुन्जभित्र रहेको सो गाउँमा रहेको सशस्त्रको क्याम्पसम्म जेनतेन बिजुली पुगेपछि स्थानीयलाई पनि गाउँमा बिजुली बल्छ कि भन्ने आशा जागेको छ । निकुञ्जको कारण लामो समयदेखि स्थानीयले बिजुली बत्ती , यातायात जस्ता सेवाहरु सहज रुपमा पाउन नसकेको क्षेत्रमा सरकारी प्रतिनिधिका रुपमा रहेको सशस्त्र प्रहरीले आइतवार बिजुली बालेको हो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान
मल्टी स्पर्श स्पेशलिटी अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया गर्यो
पर्साको ग्रामीण भेगको जनता सडकमा पर्ने खोलाहरुमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती,
ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण