बाराका सबै सुरक्षा निकायका प्रमूख जिल्ला बाहिर



साउन १२ बीरगंज बाराका प्रमूख जिल्ला अधिकारी सहित सबै सुरक्षा निकायका प्रमूख जिल्ला बाहिर गएपछि यतिबेला बाराका सबै सुरक्षा निकायहरु , अहिले निमित्त प्रमूखका भरमा सञ्चालनमा रहेका छन् ।बाराका प्रमूख जिल्ला अधिकारी विजय नारायण मानन्धर धार्मिक भ्रमणका क्रममा भारतको राजस्थान गएपछि सहायक प्रमुख जिल्ला अधिकारी मुकेश प्रसाद केशरीले निमित्त प्रमूख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाली रहनु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशरीले प्रमुख जिल्ला अधिकारी मानन्धर भारतमा रहेको र आगामी सोमबार आइपुग्ने जानकारी दिनु भयो ।बाराका प्रहरी प्रमूख एसपी नरेन्द्र उप्रेती पनि अहिले विदामा हुनुहुन्छ । एसपी उप्रेती विदामा रहेकाले बारा प्रहरी प्रमूखको निमित्त जिम्मेवारी अहिले डिएसपी दिलिप घिमीरेले सम्हालि रहनु भएको छ । डिएसपी घिमीरेले एसपी उप्रेती विदामा रहेको जानकारी दिनु भयो । निर्वाचनका कारण लामो समय विदा नमिलेकाले सबै सुरक्षा प्रमूखहरु एकसाथ विदामा बसेको हुनसक्ने डिएसपी घिमीरेले बताउनु भयो । बाराका सशस्त्र प्रहरी उपरिक्षक कुमार न्यौपाने पनि यतिबेला विदामा हुनुहुन्छ । सशस्त्र प्रहरी उपरिक्षक न्यौपाने विदामा रहेपछि सिमा सुरक्षा कार्यालय बाराको निमित प्रमूखको जिम्मेवारी सशस्त्र प्रहरी नायब उपरिक्षक जनक सापकोटाले सम्हालि रहनु भएको छ ।सशस्त्र प्रहरी उपरिक्षक न्यौपाने आइतबार जिल्लमा आउने सशस्त्र प्रहरी नायव उपरिक्षक सापकोटाले बताउनु भयो ।यस्तै राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमूख उत्तम खनाल पनि यति बेला जिल्ला बाहिर हुनुहुन्छ । गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले यसरि जिल्लाका सबै सुरक्षा प्रमूखले एकैसाथ जिल्ला छोड्न नमिल्ने बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान