बाराका सिडिओ सहित सुरक्षा निकायका प्रमुखहरु मतदान स्थलको अवलोकनमा व्यस्त



बाराका प्रमुख जिल्ला अधिकारी सहित चार वटै सुरक्षा निकायका प्रमुखहरु सोमबार पनि जिल्लाका मतदान स्थल र केन्द्रहरुको स्थलगत अवलोकनमा व्यस्त भएका छन् । प्रमुख जिल्ला अधिकारी विजयकृष्ण मानन्धर सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु जिल्लाको मतदान स्थल र केन्द्रहरुको स्थलगत अवलोकनमा सोमबार पनि निस्किएका हुन् । मतदान स्थल र केन्द्रको सुरक्षाको अवस्था लगायत विविध विषयमा जानकारी लिन बिहिबार देखि चार वटै सुरक्षा निकायका प्रमुखहरुले स्थलगत अवलोकन गरिरहेको जिल्ला सुरक्षा समिति बाराले जनाएको छ । टोली आज सीमा क्षेत्रका मतदान स्थल र केन्द्रहरुको अवलोकनका लागि देवताल गाउँपालिका र सुवर्ण गाउँपालिका तर्फ प्रस्थान गरेको छ । जिपिएस मेशिन सहितको टोली सीमा क्षेत्रका मतदान स्थल र केन्द्रहरुको अवलोकनमा निस्किएको बाराका प्रमुख जिल्ला अधिकारी विजयकृष्ण मानन्धरले जानकारी दिनुभयो । टोलीले मतदान स्थल र केन्द्रको सुरक्षा अवस्था, केन्द्रसम्म पुग्ने बाटो, कर्मचारीहरु बस्ने व्यवस्था, मतदान स्थलको भवनको अवस्था लगायतका विषयमा जानकारी लिने जिल्ला सुरक्षा समिति बाराले जनाएको छ । ३ लाख ३३ हजार ६ सय ७८ जना मतदाताको लागि बारामा २ सय ९४ मतदान स्थल र ४ सय ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान