बाराको कलैयामा करेन्ट लागेर एक जनाको मृत्यु, नितनपुरमा मोटरसाइकलको ठक्करबाट बालक घाइते



असार ९ बाराको कलैयामा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलैया उपमहनगरपालिका वडा नम्बर १२ धर्मनगरका ५० वर्षिय सुरेन्द्र भन्ने गोकुल केशरीको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान आफनै बारीमा विद्युतीय मोटरबाट सिंचाइ गर्ने क्रममा करेन्ट लागेर केशरीको घटनास्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसैबिच वीरगन्ज पथलैया सडक खण्ड अन्तर्गत बाराको नितनपुर चोकमा शुक्रबार मोटरसाइकलले ठक्कर दिदा एक बालक घाइते भएका छन् । वीरगन्जबाट जितपुर तर्फ जादै गरेको ना १० प ९८९१ नम्बरको मोटरसाइकलले ठक्कर दिदा जितपुर सीमरा उपमहानगरपालिका वडा नम्बर १० का आठ वर्षिय राहुल सिंह घाइते भएका हुन् । घाइते राहलुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाइ इलाका प्रहरी कार्यलय जितपुरले नियन्त्रणमा लिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान