बाराको ग्रामीण भेगका नाकाबाट भारतीय सामानको तस्करी व्यापक



बैशाख २४ बाराको ग्रामीण भेगका नाकाबाट भारतीय सामानको तस्करी व्यापक मात्रामा भइरहेको छ । बाराको सिम्रौनगढ , पिपरपाती पचरौता, बेल्दारी , बंकुल लगायतका नाकाबाट कारोबारीहले कपडा, मेशीनरी पाटपूर्जा , तोरीको तेल , चिनी , दाल लगायतका सामानहरु राजश्व छलेर नेपाल भित्रयाउने गरेको स्थानीयवासीले बताएका छन् । कारोबारीहरुले सीमावर्ती भारतीय शहर घोडासहन र छौडादानोबाट सामान खरिद गरेर साइकल र मोटरसाइलकमा लोड गरि ग्रामीण भेगका नाका हुदै खुलेआम रुपमा नेपालमा ल्याइहेका स्थानीयवासीले बताएका छन् । केहि कारोबारीहरुले रातिको समयमा टायरगाडामा पनि भारतीय सामानको तस्करी गर्दै आएको स्थानीयले बताएका छन् । भारतबाट तस्करी गरि ल्याइएको सामान कारोबारीहरुले कलैया , कोल्हबी , निजगढ , रौतहटको चन्द्रनिगाहपुर र गरुडा बजारमा लगेर बिक्री गर्दै आएका छन् । तस्करीको सामान यात्रुवाहक बसमा लोड गरेर कारोबारीहरुले हेटौडा , नारायणगढ र काठमाण्डौ सम्म पनि पुरयाउने गरेका छन् । बाराको ग्रामीण भेगका ठाँउ ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्ट रहेपनि तस्करी नियनन्त्रणमा प्रहरीले चासो नदेखाएकाले त्यसमा उनिहरुको पनि मिलोमतो रहेको स्थानीयवासीले आरोप लगाएका छन् । यसैगरि सिम्रौनगढ क्षेत्रको नाकाहरुबाट पछिल्लो समयमा नेपाल प्रतिबन्धित लागु औषधको पनि तस्करी भइरहेको छ । घोडासहन र छौडादानो नाकाबाट नाइट्रोभेट , फेनरागन , डाइजेपाम जस्ता लागु औषधहरु खरिद गरेर कारोबारीहरुले काठमाण्डौ जाने रात्रीवसमा लोड गरेर हेटौडा , नारायणगढ र काठमाण्डौमा आपुर्ति गर्दै आएको स्थानीयवासीले बताएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड