बाराको चैनपुरमा रहेको चावो विरो उद्योगमा कार्यरत एक भारतीय कामदारको मृत्यु



साउन ८ बीरगंज
बाराको परवानीपुरको चैनपुर स्थित ओम चावो विरो ईन्डष्ट्रिज उद्योगमा कार्यरत एक भारतीय कामदारको मृत्यु भएको छ । उद्योगमा काम गर्ने भारत विहारको मोतीहारी नजिकै बेलहिया घर भएका २८ बर्षीय प्रकाश सिंहको मृत्यु भएको हो । शनिबार  बिहान ८ बजे देखि बेलुकी ८ बजेसम्म १२ घण्टा काम गरेका सिंह शनिबार  बेलुकी खाना खाएर आफनै क्वाटरमा सुत्नुभएको थियो ।  आइतबार बिहान उठाउन जाँदा सिंह मृत अवस्थामा भेटिएको उद्योगका मजदुर गुडडु ंिसहले जानकारी दिनुभयो ।  मजदुर सिंहलाई मृत देखेर उनका काका र कामदारहरुले कारखाना व्यवस्थापन पक्षलाई जानकारी गराएका थिए । खाना खाएर राम्रैसँग सुतेका व्यक्ति आज विहान अचानक मृत फेला परेपछि घटना रहस्यमय बनेको मजदुरहरुले बताएका छन । मजदुर सिंह मृत अवस्थामा भेटिएपछि मजदुरहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उद्योग परिसरमा पुगेर घटनाबारे अनुसंधान गरिरहेको प्रहरी चौकी परवानीपुरका प्रहरी नायव निरिक्षक रुपक मैनालले जानकारी दिनु भयो  । शव पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड