बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा पर्ने खोलाहरु अतिक्रमणको चपेटामा



बैशाख २६ बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा पर्ने खोलाहरु अतिक्रमणको चपेटामा परेका छन् । औराहाको बाहुनी खोला तथा जितपुरको सिर्सिया खोला अतिक्रणको चपेटामा परेका हुन् । विगतका बर्षहरुमा ती खोलामा सिमसार र पानी बग्ने गरेको भएपनि गत वर्ष देखि जग्गा कारोबारीले खोलाको अतिक्रण गरेर घडेरीका लागि जग्गा प्लटिङ्ग गरेपछि खोलामा सुक्खापन आएको स्थानीयले बताएका छन् । यसले खोलामा प्रदुषण बढ्नुको साथै वरपरका खेतियोग्य जमिनको उत्पादनमा समेत असर परिरहेको छ । सार्वजनिक पैनीखोलाका सरोकारवाला जितपुर निवासि अब्दुल आलमले केहि दिन अघि जिल्ला प्रशासन कार्यलय बारामा सार्वजनिक जमिन अक्रिमण रोकी स्थानीयलाई जानकारी गराउन आग्रह गर्नुभएको थियो । स्थानीय प्रशासनले नगरपालिका र मालपोत कार्यलय बारालाई छानविन गर्न आदेश जारी गरेको भएपनि सम्बन्धित कार्यालयहरुले अटेर गरेको आलमले बताउनुभयो । हाल बाहुनी खालाको मुहानमा रहेको औराहको पुल सय फिट लामो रहेपनि बाहुनी खोला , बिसैलिया आसपासमा आई पुग्दा खोलाको चौडाई १५÷२० फुटको हाराहारीमा पुगेको छ । जग्गा कारोबारीहरुले खोला अतिक्रमण गरेर माटोभरि सिमन्टेड पर्खाल लगाएर साँघुरो पारिदिएका छन् । बाहुनी खोला आसपास चरिचरण तथा सिमसार क्षेत्र रहँदा किसानहरुले लाभ लिईरहेकोमा अहिले किसान त्यसबाट वञ्चित रहेको हाम्रा सहकर्मी विदुर खड्काले जनाएका छन् । त्यसैगरि जितपुरको सिर्सियाखोलामा रहेको रातोपुल आपासको क्षेत्रमा पनि जग्गा कारोबारीहरुले खोलामा माटोभरि अतिक्रमण गरेपछि स्थानिय सरोकारवालाहरुले जिल्ला प्रशासन कार्यलयमा उजुरी गरी समस्या समाधान गर्न आग्रह गरेका छन् । खोलाको किनारमा रहेको ऐलानी जग्गा अतिक्रमण गरी कारोबारीहरुले मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेर जग्गाको लालपुर्जा बनाउने र जग्गा बिक्रि गर्ने गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान