बाराको जीतपुरसिमरा उमपहानगरपालिकाले फोहोर व्यवस्थापन नगरेकोले नगरवासी पिडित



वीरगन्ज,१५ भाद्र । बाराको सिमरा र औराहाका युवाहरुले बजारको फोहोर , जीतपुरसिमरा उमपहानगरपालिकालाई उपहार पठाएका छन् । लामो समयदेखि फोहोर व्यवस्थापन गर्ने बिषयमा उपहानरपालिकाले चासो नदेखाएको भन्दै सांकेतिक बिरोध स्वरुप युवाहरुले बजारको फोहोर , उपमहानगरपालिकालाइ उपहार पठाएका हुन् ।फोहोर व्यवस्थापन नहुदा दुर्गन्ध बढ्दै गएको भन्दै सिमरा र औराहाका युवाहरुले आज सिमरा बजारको फोहोर उपमहानगरपालिकाको गेटमा थुपारेका छन् ।

किशन ढकाल र अजित खतिवडाको नेतृत्वमा रहेका युवाहरुको टोलिले आज बिहानै सिमरा बजारको फोहोर संकलन गरी उपमहानगरपालिकाको गेटमा थुपारेको हो ।जति भन्दा पनि उपमहानगरले चासो नदेखाएपछि बाध्य भएर आज आफुहरुले उपमहानगरपालिकाको गेटमा फोहोर लगेर थुपारिदिएको किशन ढकालले बताउनुभयो ।

उपमहानगरपालिकालाई पटक पटक फोहोर व्यवस्थापनको लागी ध्यानाकष्र्ण गराएपनि बेवास्ता गरेकाले बाध्य भएर उपमहानगरको गेटमा फोहोर थुर्पानु परेको ढकालले बताउनुभयो ।तत्कालै फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानगरपालिकाले चासो नदेखाए प्रत्यक दिन गेटमा फोहोर थुर्पाने युवाहरुले चेतावनी दिएका छन् ।

जितपुर सिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा ठेक्कामा नीजी क्षेत्रलाइ दिए पनि ठेकेदारले फोहोर व्यवस्थापन गर्ने जग्गा उपमहानगरले नतोकिदिएकाले लामो समय देखि फोहोर संकलन गरेको छैन । जसका कारण सिमरा , जितपुर, औराहा लगायतका बजार क्षेत्रमा फोहोरको थुप्रो धेरै दिन देखि जम्मा भएका कारण त्यसको दुर्गन्धले नगरवासी पिडित भएका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका नगरप्रमुख कृष्ण पौडेलले फोहोर व्यवस्थापनमा देखिएको समस्या छिटटै सामधान गरिने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान