बाराको दुधौरा पुलमा टाटासुमो दुर्घटना हुँदा नौ जना घाईते



साउन १२ बीरगंज
बाराको पथलैया नजिक दुधौरा पुलमा बिहीबार विहान टाटासुमो दुर्घटना हुँदा नौ जना घाईते भएका छन् । निजगढबाट काठमाण्डौका लागि छुटेको ना १ ज ६२०७ नम्बरको टाटा सुमो पथलैया–निजगढ सड्क खण्डको दुधौरा पुल नजिक अनियन्त्रीत भई पल्टिएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ ।दुर्घटनामा परि घाईते हुनेहरुमा टाटासुमोका चालक ओमकण्ठ न्यौपाने तथा यात्रुहरु निजगढका बेदनी कुवँर, बखत बहादुर पहरी, रेशमा माझी, जुम्का धामी, राधा देवी चौधरी, ईस्द मंसुर, ठोक्नि धामी र विरबहादुर थिङ्ग रहेका छन् ।घाईतेहरुको सिमरा स्थित तराई सिमरा हस्पिटल र अल्पाईन हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक गोविन्द कार्कीले जानकारी दिनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड