बाराको दुधौरा पुल नजिकै बस र ट्रक ठोक्किदा २२ जना घाइते



जेठ ३१ पुर्ब पश्चिम राजमार्ग राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल नजिक मंगलबार राति बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । रौतहटको गौरबाट काठमाडौका लागि छुटेको ना ६ ख ६४७ नम्बरको यात्रुबाहक रात्री बस र पथलैयाबाट पुर्ब जान लागेको ना ५ ख ६६७७ नम्बरको ट्रक पथलैया निजगढ सडक खण्डको दुधौरा पुल नजिक मंगलबार राति नौ बजे तिर एक आपसमा ठोक्किदा बसमा सवार रहेका २२ जना घाइते भएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।दुधौरा पुल नजिक सडकमा रोकिराखेको ट्याक्टरलाइ जोगाउने क्रममा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बाराको बरेवाका प्रेम चौधरी , बाराकै बलुवाका चन्देश्वर यादव ,बलुवाकै विशाल यादव , बारा दहियारका सन्जय प्रसाद पासवान , बारा बुहअर्वा बेल्वाका सन्तोष गुप्ता, भारत बिहारको वाजीदपुरका लालबाबु चौधरी, बारा पिलुवाकी धनमाया तामांग , बाराको महेन्द्र आदर्श च्युटाहाका मिथुन प्रसाद कुशवाहा , रौतहट शीवनगरका राजेश राउत,बारा दहयिारका विवेक साह कलवार , बारा पिपराविर्ताका मुरारी यादव , बारा कचोर्वाका रमेश यादव , बाराको भवानीपुरकी रिता देवी , बारा सिहार्वाका उमाशंकर चौधरी लगायतका घाइते भएका हुन् । घाइते सबैको वीरगन्ज स्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान