बाराको धर्मनगरमा तस्करहरुको आक्रमणबाट हवल्दार सहित तीन प्रहरी घाईते



बैशाख ११ बाराको कलैया उपमहानगरपालिकाको धर्मनगरमा आज बिहान प्रहरी र तस्करहरुको समुह बीच झडप हुँदा एक प्रहरी हवलदार सहित तीन जना प्रहरी घाईते भएका छन् ।तस्करहरुसंग भएको झडपमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार शेख मसरुल तथा प्रहरी जवानद्धय चन्देश्वर सिंह र जगमोहन राउत घाइते भएका हुन् । घाइते मध्ये प्रहरी हवल्दार मसरुलको अवस्था गम्भिर रहेको छ । कलैया स्थित जिल्ला अस्पतालमा प्राथमिक उपचार गरि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याएका प्रहरी हवल्दार मसरुलको वीरगन्जमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ स्थित विरेन्द्र पुलीस अस्पतालमा रिफर गरिएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो । प्रहरी जवानद्वय सिंह र राउतको अवस्था सामान्य रहेकाले कलैया स्थित जिल्ला अस्पतालमै उपचार गरिएको प्रहरी उपरिक्षक उप्रेतीले बताउनु भयो । भारतीय सीमावर्ती बजारबाट कपडा र सुर्ती भन्सार राजश्व छलेर बाराको मटिअर्वा नाका हुदै साइकलमा भित्रयाउदै गरेका तस्करहरुलाइ प्रहरीले रोक्न खोज्दा झडप भएको हो । करिब ३०÷३५ वटा साइकलमा कपडा र सुर्ती लिएर आउदै गरेका तस्करहरुलाइ प्रहरीले रोक्न खोज्दा तस्कर र गाँउलेहरुले प्रहरी माथि लठ्ठी, रड लगाएतका घरेलु हतियार प्रहार गरी तीन जना प्रहरीलाइ घाईते बनाएका हुन् । तस्करहरुले प्रहरीको साथमा रहेको एक थान सटगन राइफल पनि खोसेर लगेको बाराका प्रहरी उपरिक्षक उप्रेतीले बताउनु भयो । प्रहरी माथि आक्रमण गरि राइफल खोसेर फरार भएका तस्करहरुको खोजी भइरहेको प्रहरी उपरिक्षक उप्रेतीले जानकारी दिनु भयो । यसअघि हिजो आइतबार पनि बारामा प्रहरी र तस्करहरु बीच झडप हुदा एक प्रहरी घाईते भएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड