बाराको नापी कार्यालय अमीन झा र बिचौलीया अहमद घुस रकम सहित पक्राउ



बैशाख २२ सेवाग्राहीसंग घुस रकम लिदै गरेको अवस्थामा नापी कार्यालय बाराका एक जना अमिन र उनलाइ सघाउने बिचौलीयालाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाबाट आएको टोलीले नापी कार्यालय बाराका अमिन प्रेम चन्द्र झा र उनलाइ सघाउने बिचौलीया नूर अहमदलाइ १० हजार घुस रकम सहित शुक्रबार नापी कार्यालयबाटै रङगे हात पक्राउ गरेको हो । सेवाग्राहीको जग्गा नापी गर्न घुस बापत १० हजार रुपैया लिएकाले अमीन झा र उनका सहयोगी अहमदलाइ पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुस रकम सहित पक्राउ परेका अमीन झा र बिचौलीया अहमदलाइ अख्तियारको टोलीले शुक्रबारै हेटौडा लिएर गएको हाम्रा सहकर्मी जयनारायण यादवले जनाएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भङ्गगहाका भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीहरुलाइ विभिन्न बहानामा दुख दिने गरेको स्थानीयहरुकोगुनासो
महानगरपालिकाको स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने , नगरप्रमुख सरावगीको दाबी
बाराका एक २० बर्षीय कोरोना संक्रमित युवकको मृत्यु
राष्ट्रियसभा दुई विधेयक पारित