बाराको भलुहिमा ६१ जनाले रक्तदान गरे



असार ११ बाराको भलुहि भरवलियामा आयोजित रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । समाज विकास समिती र सामुदायिक अध्ययन केन्द्र बाराको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ३ महिला सहित ५३ जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेहरुमा पार्वति देवी, मनावति कुशवाहा, पुनम देवि, भोला गुप्ता, लोहा यादव, प्रमोद कुमार साह, शिव कुमार साह, अच्लेलाल सर्राफ, वृजकिशोर साह, जय प्रकाश दास, लगायत रहेको रक्तसन्चार केन्द्रका नितेश कुमार साहले जानकारी दिनुभयो । रक्तसन्चार केन्द्र वीरगंजमा रगतको अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको सामजिक अभियन्ता एवं समाज विकास समितिका विशिष्ट सल्लाहकार प्रकाश प्रसाद थारुले बताउनुभयो । रक्तदान कार्यक्रमको उद्घाटन समाजसेवि भोला प्रसाद कलवारले रक्तदान गरेर गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड