बाराको सिंगहा खोलामा महिलाको शव फेला



चैत्र १३ बाराको प्रसौनी गाविस वडा नम्बर ८ नौतन स्थित सिंगहा खोलाको कुलोमा आइतबार बिहान एक विवाहीता महिलाको शव फेला परेको छ । बोरा भित्र पोका पारेर कुलोको छेउमा फालिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अन्दाजी ३० वर्ष उमेरकी महिलाको घाटीमा डोरी बाधिएको र टाँउमा धारिलो हतियारले प्रहार गरेको घाउ रहेको अवस्थामा शव फेला परेको बाराका प्रहरी निरिक्षक अरुण कुशवाहाले जानकारी दिनु भयो ।शवको प्रकृति हेदा कसैले ती महिलाको हत्या गरि बोरामा पोको पारेर कुलोको छेउमा फालेको हुन सक्ने प्रहरी निरिक्षक कुशवाहाले बताउनु भयो । मृतक महिलाको पहिचान हुन नसकेको र शव पोष्टमार्टमका लागि कलैया स्थित जिल्ला अस्पतालमा लगिएको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान