बाराबाट हुने तस्करीमा प्रहरीको संलग्नता देखिएपछि चार जना प्रहरी निलम्बित



बैशाख १७ जिल्ला प्रहरी कार्यालय बाराले चार जना प्रहरीलाई निलम्बन गरेको छ । बाराबाट हुने तस्करीमा चार प्रहरीको संलग्नता देखिएकाले उनीहरूलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले विज्ञप्ति मार्पmत् जानकारी गराएको छ । तस्करसँग सम्पर्क र सम्बन्ध भएको पाइएको भन्दै पदीय दायित्व वहन नगरी प्रहरी आचरण विरुद्ध काम गरेको कसूरमा प्रहरी हवल्दार नथुनी साह कानु तथा प्रहरी जवानहरू प्रमोदकुमार कम्कर, सञ्जीव कुमार पासवान र रमेश कुमार झालाई जिल्ला प्रहरी कार्यालय बाराले निलम्बित गरेको हो । निलम्बन गरी चारै जना प्रहरी विरुद्ध कारबाई प्रक्रिया अगाडि बढाइएको जिल्ल प्रहरी कार्यालय बाराले जानकारी गराएको छ । बारा जिल्लामा केही महिनायता तस्करीका घटनामा वृद्धि भएको र बेला बखत प्रहरीसँग तस्करको मुठभेड पनि भएका खबरहरू आइरहेका बेला जिल्ला प्रहरी कार्यालय बाराले चार जना प्रहरीलाई निलम्बन गरी कारबाई अगाडि बढाएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान