बारामा करेन्ट लागेर एकजनाको मृत्यु



वीरगन्ज,१६ भाद्र । बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर सिम्रौनगढ नगरपालिका–४ गङानगर बस्ने ४८ वर्षका तेजालालप्रसाद यादबको मृत्यु भएको प्रहरीले जनाएको छ ।आफ्नै धान खेतमा काम गरिरहेका बेला करेन्ट लागेर उनको ज्यान गएको हो । खेतमा पानी लगाउनका लागि मोटरमा जोडिएको करेन्ट लागेको हो ।यादवको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
वीरगन्ज महानगरपालिकाद्धारा फेरि बिद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने तयारी
पर्सामा लगाइएको धानीबालीमा दाना नै नलाग्ने समस्या देखिएपछि किसानहरु चिन्तित