बारामा कलैयामा रक्तदान कार्यक्रम सम्पन्न, दुई महिला सहित ५८ जनाद्धारा रक्तदान



पुस ३
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ मा सोमबार कलैया सिटी जेसिजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलैया सिटी जेसिजका अध्यक्ष रामबालक यादवको अध्यक्षतामा भएको कार्यक्रममा यादवले नै रक्तदान गरेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा दुईजना महिला सहित ५८ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा नसिमा खातुन, राधिका कुमारी साह, रामबालक यादव, शैलेश कुमार महतो, राजन प्रसाद कुश्वाहा, सुनिल कुमार साह, दिपेन्द्र यादव, प्रदीप कुमार राम, सुरेन्द्र राम, चन्दन कुश्वाहा, श्रवण साह लगायत रहेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख प्रवीण मानन्धरले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान