बारामा मतगणनाको पछिल्लो परिणाम अनुसार हार जितको (बिस्तृत बिबरण)



मंसिर २४ बीरगञ्ज
बारामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार बाराको क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव भारी मत अन्तरले विजयी भएका छन् । बारा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द यादवलाई १२ हजार ३ सय ९५ मतको फरकले पराजित गर्दै फोरम नेपालका महासचिव यादव विजयी भएका हुन् । उनले २८ हजार १ सय ८५ मत ल्याएका छन् भने काँग्रेसका राधेचन्द यादवले १५ हजार ७ सय ९० मत ल्याएका छन् । पहिलो संविधान सभाका सामानुपातिक सभासद बनिसकेका रामसहाय फोरम अद्र्धभुमिगत अवस्थामा रहँदादेखि नै पार्टीका महासचिव हुन् ।
त्यस्तै बाराको क्षेत्र नम्बर १ को ‘क’ को प्रदेशसभा सदस्यमा बामगठबन्धनका उम्मेदवार एंव एमाले नेता त्रिलोकी चौधरी विजयी हुनु भएको छ । उहाले काँग्रेसका उम्मेदवार पेमा सिद्धी लामालाइ एक हजार नौ सय ६१ मत अन्तरले पराजित गर्नु भएको हो । चौधरीले १८ हजार आठ सय ४५ मत पाउनु भयो भने लामाले १६ हजार चार ८४ मत पाउनु भएको छ ।
त्यस्तै बाराको क्षेत्र नम्बर ३ को ‘क’ को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी ज्वाला साह विजयी भएकी छन् । उनले ११ हजार ७ सय ७१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका रामनन्द प्रसाद यादवले १० हजार १ सय ४७ मत प्राप्त गरेका छन् । राजपा फोरम नेपाल गठबन्धनका रुपलाल चौधरीले भने ६ हजार ३ सय ८२ मत पाएका छन् ।
त्यस्तै बाराको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ’क’ मा राजपा फोरम नेपााल गठबन्धनका शारदा शंकर प्रसाद कलवार विजयी भएका छन् । उनले १६ हजार ६ सय ७१ मत प्राप्त गरी बिजय भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रामप्रवेस प्रसाद यादबले ८ हजार १ सय मत प्राप्त गरेका छन् । बाम गठबन्धनका उम्मेदवार गणेश प्रसाद साह कलवारले भने ४ हजार २ सय ७९ मत ल्याएका छन् ।
त्यस्तै बाराको निर्वाचन क्षेत्र नम्बर ४ को क को प्रदेश सभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार एंव नेकपा एमालेका जिल्ला अध्यक्ष सुन्दर विक विजयी भएका छन् । उनि ११ हजार ७ सय ७० मत ल्याई विजयी भएका हुन् । उनका प्रतीद्वन्दी नेपाली काग्रेसका ओम कृष्ण कार्कीले ८ हजार ३ सय २३ मत ल्याएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान