बारा सिंगहा खोलाको डिलमा मृत अवस्थामा भेटिएकी महिलाको परिचय खुल्यो



चैत्र १५ बाराको प्रसौनी गाविस वडा नम्बर ८ नौतन स्थित सिंगहा खोलाको डिलमा गत आइतवार मृत अवस्थामा भेटिएकी महिलाको परिचय खुलेको छ । मृतक महिला सर्लाहीको सिसौटीया घर भइ वीरगन्जको रामगढवा स्थित स्वास्थ्य चौकीमा कार्यरत अनमी बबीता पण्डित रहेको बाराका प्रहरी निरिक्षक अरुण कुशवाहाले जानकारी दिनु भयो । रामगढवा स्वास्थ्य चौकीमा विगत एक वर्ष देखि काम गर्दै आएकी पण्डितको शव गत आइतवार बारा नौतन स्थित सिंगहा खोलाको छेउमा बोरा भित्र पोका पारेर फालिएको अवस्थामा फेला परेको थियो । अन्दाजी ३० वर्ष उमेरकी विवाहीता महिला रहेकी पण्डितको घाटीमा दुइ वटा डोरी बाधिएको र टाँउमा धारिलो हतियारले प्रहार गरेको घाउबाट रगत बगीरहेको अवस्थामा शव फेला परेको थियो । मृतक पण्डितको शव पोष्टमार्टम गरि कलैया स्थित जिल्ला अस्पतालमा राखिएको छ । शवको प्रकृति र पोष्टमार्टम रिपोर्ट अनुसार पण्डितको हत्या नै भएको पुष्टि भइसकेको भएपनि हत्याको कारण र त्यसमा संलग्न व्याक्तिहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक कुशवाहाले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड