बिना दाइजो विहे गर्ने पर्साको बहुअर्वाभाठाका विद्यार्थीहरुको प्रतिबद्धता



असार २८ पर्साको बहुअर्वाभाठामा रहेको एक सामुदायिक विद्यालयमा अध्ययनरत चार जना छात्र छात्राहरुले आफुहरुले दाइजो बिना नै विहे गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । बहुअर्वाभाठामा रहेको राधा कृष्ण चौरसीया माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्यनरत चार जना छात्र छात्राहरुले दाइजो बिना विहे गर्ने प्रतिबद्धता जनाएका हुन् । दाइजो एंव सामाजिक कुरुती विरुद्ध जागरण मन्च र बाल विवाह एंव दाइजो उन्मुलन राष्ट्रिय अभियान जिल्ला च्याप्टर पर्साले संयुक्त रुपमा बुधबार आयोजना गरेको दाइजो विरुद्धको जागरण अभियान कार्यक्रममा सहभागी कक्षा १० मा अध्यनरत सिसियाडी बैरिया घर भएकी निशा कुमारी पासवान , कक्षा ९ मा अध्यनरत विन्दबासीनी केहुनीया घर भएकी विनिता कुमारी गुप्ता , कक्षा १० अध्यनरत बहुअर्वाभाठा घर भएका श्यामबाबु कुमार राम र कक्षा १० मै अध्यनरत भौराटार घर भएका दिपक कुमार कुशवाहाले आफुहरुले विना दाइजो विहे गर्ने प्रतिबद्धता जनाउनु भएको हो । दाइजो एंव सामाजिक कुरुती विरुद्ध जागरण मन्चका अध्यक्ष बृजेश चौधरीको अध्यक्षता एंव संरक्षषक सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु , राष्ट्रिय जनता पार्टीका युवा नेता ओम प्रकाश सर्राफ , पत्रकार राजेन्द्र सिंह , समाजसेवी शैलेन्द्र त्रिपाठी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान