बिपीको सम्झनामाा वीरगन्जमा काँग्रेसद्धारा रक्तदान कार्यक्रमको आयोजना



साउन १२ बीरगंज
विपि स्मृति दिवसको अवसरमा वीरगन्जमा बिहीबार नेपाली काँग्रेस नगर कार्य समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नगरसभा गृहमा आयोजित रक्तदान कार्यक्रममा अहिले सम्म दुइ जना महिला सहित ४७ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा अन्नु कार्की , चाँदनी ओझा , काँग्रेस नगर सभापति भोला प्रसाद कलवार , विश्वेसर प्रसाद कुर्मी , वीरेन्द्र साह , विश्वास रन्जन द्धिवेदी , कृष्णा पटेल , दिपेश शर्मा , रन्जेश तिवारी , रवि तिवारी , श्याम घिमिरे , राजुदिन हवारी , लाल बाबु गुप्ता, धर्मेन्द्र कुमार मिश्रा , सागर तमांग , अजय ठाकुर लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक जितेन्द्र कुशवाहाले जानकारी दिनु भयो । काँग्रेस पर्साका सभापति अजय द्धिवेदीको प्रमुख आतिथ्यता एंव नगर सभापति भोला प्रसाद कलवारको अध्यक्षतामा आयोजित कार्यक्रममा काँग्रेस पर्साका सचिव किशोरी साह कानु , क्षेत्रीय सभापति अरविन्द गुप्ता , नेताहरु ध्रुब नेपाल, प्रकाश उपाध्याय , किरण सरकार लगायतको पनि उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान