भरतपुरले गरेको फोहोर मैला ब्यावस्थापनलाई बिरगंजका मेयर सराबगीले गरे प्रशंसा



राम मण्डल १९ असोज बीरगंज
बिगंज महानगरपालिकाका नवनिर्बाचित मेयर बिजय सराबगीले भरतपुर महानगरपालिकाले फोहोर मैलाब्यावस्थापनमा प्राप्त गरेको सफलताको बारेमा प्रशंसा गर्नुभएको छ । बिहिवार भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँगको भेटघाटमा मेयर सरावगीले भरतपुरकै बिकाशको मोडल लागु गर्दै आफु पनि अगाडी बढ्न चाहेको बताउनुभएको थियो ।भरतपुर पुग्नु भएका सरावगीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेण्ु दाहालले फूलको गुच्छा दिएर स्वागत गरेकी थिईन । प्रमुख दाहालले आर्थीक नगरी बिरगंजको प्रमुखमा निर्वा्चित भएकोमा बधाइदिदै सफल कार्यकालको शूभकामना ब्याक्त गरिन् ।सो अवसरमा प्रमुख सराबगीले रेणु दाहाललाइ समेत बधाइ दिदै सफल कार्यकालको शूभकामना दिएका थिए । भरतपुरमहानगरकी प्रमुख दाहालले महानगरपालिकाहरूले बिकास निर्माण र प्रबिधी परिचालनमा एक आपसमा समन्वय र सहकार्य गर्दै अगाडीबढ्नु पर्नेमा जोड दिदै भरतपुरमहानगर पालिका बिरगंज महानगरपालिका संग सहकार्य गर्दै अगाडी बढ्न चाहेको बताइन ।भेटघाट गर्दै बिरगंजका मेयर सरावगीले भने भरतपुर समय समयमा आइरहने गरेको छु सधै सफा सुध्गर देख्दछु बिरगंज यस मामिलामा सारै कमजोर छ ।हामी फोहोर ब्यावस्थापन हरियाली र पार्कीड ब्यावस्थापनमा भरतपुरले अपनायको तरिकामा बिरगंजलाइ सहयोग गर्न आग्रह गरेका थिए ।प्रबिधीको अधिकतम उपयोग बिना संबृद्दीको लक्ष्यहासिल गर्न नसकिने बताउदै प्रमुख सराबगीले तिन पाड्ग्रे सवारीसाधन भरतपुरमहानगरले जोर बिजोर प्रणाली मार्फत नियन्त्रण गर्न लागेको प्रसंग उल्लेख गर्दै नियन्त्रणले मात्र समस्याको स्थायी समाधान नगर्ने बताउदै बिरगंजमा तिनपांग्रे सवारी साधन बजार क्षेत्र र मुख्य राजमार्गहरूमा निषेध गर्न लागेको बताए । सो अवसरमा भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेम राज जोसीले भरतपुर महानगरपालिकाले फोहोरमैला ब्यावस्थापन ,बिकास निर्माणमा जनसहभागिता प्रबिधी मैत्री कार्यालय ब्यावस्थापन महानगरपालिकाको बस्तुगत अवस्थाका बारेमा जानकारी गराएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान