भारतको उत्तर प्रदेशमा भाइरल ज्वरोको प्रकोप फैलियो



एजेन्सी ,१६ भाद्र ।  भारतको उत्तर प्रदेशमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । डाक्टरहरुले यसलाई रहस्यमय भाइरलको नाम दिएका छन् ।  उत्तर प्रदेशका केही जिल्लाका नागरिकमा उच्च ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने तथा डिहाइड्रेशनको समस्या देखिने क्रम बढेको छ । पछिल्लो एक हप्तामा यस्तो समस्या देखिने ५० जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा धेरैजसो बालबालिका रहेका छन् । ज्यान गुमाएकाहरुमा कोरोनाको संक्रमण नभएको पनि भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । बिरामी बढ्दै गएपछि उत्तर प्रदेशका अस्पतालमा बेडको अभाव हुन थालेको छ ।

एउटै बेडमा दुई, तीन जना बिरामी राखेर उपचार गर्न थालिएको छ । भाइरल ज्वरोका बिरामीलाई निको हुन पनि १० देखि १२ दिन लाग्ने गरेको डाक्टरहरुले बताएका छन् । बिरामी बढ्दै गएपछि ग्रामीण क्षेत्रमा डाक्टरसहितको टोली परिचालन गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विद्रोहीको आक्रमणमा परी उत्तरी नाइजेरियामा २२ सुरक्षाकर्मीसहित ५६ जनाको मृत्यु
अफगानिस्तानको सहयोगका लागि पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
अमेरिकामा एकै दिन सवा लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
तालिवानविरुद्धको प्रतिबन्ध कयम रहेपनि अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने