भारतीय जनता पार्टीद्वारा युपीका लागि “१०० दिनका १०० कार्यक्रम” तयार



नयाँ दिल्ली, २५ असोज । भारतीय जनता पार्टीले उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै १०० दिनका १०० कार्यक्रम तयार पारेको छ । निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएमा १०० दिन भित्रमा गर्ने कामहरुको योजना भाजपाले तयार पारेको हो ।

मतदाताहरुलाई आकर्षित गर्नका लागि भाजपाले तयार पारेको महत्वाकांक्षी कार्यक्रमहरुको औपचारिक घोषणा भने पछि गरिने भएको छ । पार्टीका प्रभावशाली नेताहरुले ती कार्यक्रमहरुको प्रस्तावलाई अन्तिम रुप दिइसकेको स्रोतले जनाएको छ । प्रस्तावित कार्यक्रमहरुमा धेरैजसो कल्याणकारी कार्यक्रमहरु रहेको एक नेताले जानकारी दिएका छन् । (रासस÷एएनआई)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज विश्व खाद्य दिवस विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ
अफगानिस्तानमा तालिवानले सत्ता कब्जामा लिएपछि अमेरिका र तालिबानबीच पहिलो पटक कतारमा वार्ता हुँदै
भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित
इटालीमा भएको जहाज दुर्घटनामा आठको मृत्यु