भारतीय नौसेनाले थप्यो पनडुब्बी लडाकू विमान




एजेन्सी ,१९साउन । भारतीय नौसेनाले निगरानी बढाउनका लडाकू विमान थप गरेको छ ।भारतीय नौसेनाले युएस बेस्ड एयरोस्पेस कम्पनी बोइंगबाट १० औं एन्टी पनडुब्बी लडाकू विमान थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

भारतले १२ वटा यस्तै विमानहरूको अर्डर गरेको थियो । भारतीय नौसेना पी८ का लागि पहिलो अन्तर्राष्ट्रिय ग्राहक थियो र आज सबैभन्दा ठूलो गैर अमेरिकी फ्लीट सञ्चालन गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।गस्ती एयरक्राफ्ट भारतीय नौसेनाको ‘फ्लीट’को अभिन्न हिस्सा रहेको जनाइन्छ ।

सुरुमा भारतीय नौसेनाका लागि सन् २०१६ मा आठवटा विमानहरू र चारवटा थप विमानहरू ल्याउनका लागि रक्षा मन्त्रालयले आदेश दिएका थियो ।विज्ञप्तिमा भनिएको छ, “यसका अतिरिक्त चारवटा विमानका लागि विकल्प सम्झौता अन्तर्गत डेलिभरी हुने दोस्रो विमान हो । यो विमान समुद्री क्षेत्र, पनडुब्बी युद्ध क्षमताका अतिरिक्त, पी८ आईलाई प्रकोप राहत र मानवीय अभियानहरुमा समेत सहयोगसिद्ध हुनेछ ।”


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पर्साको ग्रामीण भेगको जनता सडकमा पर्ने खोलाहरुमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती,