भारतीय सुरक्षाकर्मीहरुले एक नेपाली नागरिकलाई समातेपछि प्रहरी चौकी अगाडी स्थानीयको प्रदर्शन



साउन ४ बीरगंज
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुले घेराउ गरेका छन् । प्रसौनीका गाउँलेहरुले बिहान ६ बजे देखि नै टायर बालेर प्रदर्शन गर्दै प्रहरी चौकी घेराउ गरेका हुन् । नेपाली प्रहरीले भारतीय प्रहरीलाई सघाएको आरोप लगाउँदै गाउलेहरु आक्रोशित बनेका छन् । भारत विहार , पूर्वी चम्पारण भेलाही र पर्सा, विन्दवासिनीमाई गाउँपालिका वडा नं ५ पर्ने प्रसौनी गाउँ छोटी भन्सारको सीमा नाका हो । प्रसौनीबाट २५ वर्षिय भाष्कर पाण्डेलाई भारतीय प्रहरीले समातेर लगेपछि गाउँले र प्रहरीबीच तनाव बढेको छ । नेपाल भारत सीमाबाट १ किलो मिटर उत्तरमामा रहेको प्रसौनी गाउँमा हतियारसहित भारतीय प्रहरी आएर नेपाली नागरीकलाई समातेर लगेपछि गाउलेहरु चकित बन्दै नेपाली प्रहरी प्रशासनको विरुद्धमा उत्रेका हुन् । पाण्डेलाई नेपाली प्रहरीको सहयोगमा अपहरण शैलीमा भारतीय सुरक्षाकर्मीहरुले समातेर भारत लगेको पाण्डेकी दिदि नितु दुबेले बताउनुभयो । हिजो साँझ ६ बजेको समयमा भारतीय सुरक्षाकर्मीहरुलाई लिएर प्रहरी चौकी परसौनीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अनिल महतो, हवल्दार र प्रहरी जवान गरी तीन जना नेपाली र ८ जना सिभिल पोसाकमा हतियार खोकेका भारतीय सुरक्षाकर्मी घरमा पसेर चौकीमा हिड भन्दै समातेर लगेको उहाँले बताउनुभयोे । गाउँलेहरुका अनुसार पैसाको लोभमा परी नेपाली प्रहरीले भारतीय प्रहरीलाई पाण्डेलाई पक्राउ गर्न सहयोग गरेका थिए । ४ वटा मोटरसाइकमा ८ जना भारतीय सुरक्षाकर्मीहरु आएका थिए । तर पछि मान्छे पक्राउ परेपछि भारतीय भ्यान बोलाई भारतीय सीमावर्ती पुलिस थाना भेलाही तर्फ लगेको थियो । यस विषयमा प्रहरी चौकी प्रसौनीका प्रहरी सहायक निरीक्षक महतोसंग बुझ्दा घटनाको बारेमा आफुहरुलाई जानकारी नभएको र आफुहरु सो घटनामा पाण्डेलाई समात्न कुनै पनि सहयोग नगरेको दावी गर्छन् । विशेष सुत्रका अनुसार विगत केहि दिन अगाडी भारतको सिमावर्ती रक्सौलको एक निजि स्कुलमा चलेको गाली काण्डमा भास्कर पाण्डेयको पनि संलग्ता देखिएकाले भारतीय प्रहरीले नेपालको प्रसौनी र भारतको भेलाही सिमा नजिकबाट पक्राउ गरेर लगेको बुझिएको छ । रक्सौल गोली काण्डमा संलग्न रहेको पाण्डेय केहि दिन अगाडी भारतीय प्रहरीको ईन्काउन्टरमा मारिएका कुख्यात अपराधी बब्लु दुबेको समुहमा रहि आपराधिक गतिविधि गरेको समेत अनुसंन्धानबाट खुलेको भारतीय प्रहरीको विशेष सुत्रको दावी छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान