भूजा पकौडी बेच्ने मुन्ना वीरगन्ज महानगरको मेयरमा उम्मेदवारी दिए



भाद्र २५ बीरगंज आसन्न स्थानीय तहको निर्वाचनमा आर्थिक नगरी वीरगन्ज महानगरको नेतृत्व हत्याउनका लागि धनाढ्य उम्मेवारहरुको होडबाजीमा भूजा पकौडी बेचेर जीवन गुजारा गर्दै आएका मुन्ना कुमार साह कानु पनि सामेल हुनु भएको छ ।वीरगन्ज महानगरको मेयरमा उम्मेदवारी दिएका मुन्नालाइ साथ दिदै उहाकी पत्नि बबीता देवी साह कानुले पनि उपमेयरमा उम्मेदवारी दिनु भएको छ । दुवै जनालाइ नेकपा संयुक्तले चुनावी मैदानमा उतारेको हो । रानीघाट स्थित सिर्सिया पुल नजिकै रहेको भूजा पकौडीको पसल चलाउदै आएका ३२ वर्षिय मुन्ना र २७ वर्षिया बबीता दम्पति वीरगन्जको मेयर र उपमेयरमा उम्मेवारी दिएर चुनावी मैदानमा उत्रिएपछि छरछिमेकहरु पनि आश्चर्यमा परेका छन् । देश विदेशमा नाम कमाएको वीरगन्ज शहरको कान्तिविजोग देखेर नै आफुले मेयरमा उम्मेदवारी दिएको मुन्नाले बताउनु भयो ।हुन त वीरगन्जको मेयरमा चुनाव लडेका ठूला दलका सबै उम्मेदवार पैसावाला छन् , दुइ चार करोड खर्च पनि गरिरहेका छन् , मुन्नाले भन्नु भयो, तर धनीले मात्रै चुनाव लड्न पाउनु पर्छ भन्ने कानूनमा कहि पनि लेखेको छैन , हामी गरिबले पनि चुनाव लड्न पाउने अधिकार देशको कानुनले दिएको छ , त्यसैले गरिब भएपनि हामी दुवै पति पत्निले चुनाव लडेका हौं , जित हार आफनो ठाँउमा छ । अरु दलका उम्मेदवार एकसे एक पैसावाला र धनाढ्यहरु रहेको र उनिहरुले दनहु लाखौं रुपैया बाड्नुका साथै भोजभतेर पनि गरिरहेको भएपनि जनताले पैसावालाको पैसा खाएपनि भोट भने आफुलाइ नै दिने मुन्नाको दाबी छ । उपमेयरमा उम्मेदवारी दिएकी मुन्नाकी पत्नि बबीता पनि आफु जित्नेमा विश्वस्त हुनुहुन्छ । आज चुनावमा लाखौं करोडौं रुपैयाको खोला बगाइरहेका ठूला दलका उम्मेदवारले हिजो बाढिले गरिब दुखी घरबार बिहिन हुदा हेर्न समेत नआएको भन्दै उहाले गरिब भएपनि आफु संग भएको पैसाले चीउरा मिठा किनेर ती गरिब दुखीलाइ बाडेको र आफुसंगको पैसा सकिएपछि स्कुलमा चन्दा उठाएर बाढिपिडितहरुलाइ एक रात पनि भोकै सुत्न नदिएको बताउनु भयो । मत माग्न मतदाताको घरदैलोमा जादा गरिब दिन दुखीहरुको अपार समर्थन र सहयोग पाइरहेको भन्दै बबीताले धनीका लागि भन्दा पनि गरिबका लागि आफुहरु चुनाव लडेकाले गरिब दिनदुखीहरुले नै आफुहरुलाइ भोट दिएर जिताउने दाबी गर्नु भयो ।मेयर र उपमेयरमा चुनाव लडेका मुन्ना र उहाकी पत्नि बबीतालाइ घरपरिवारका सदस्यहरुले पनि भरपुर साथ दिएका छन् । आफनो जन्मस्थलको लागि केहि गर्छु भनेर छोरा बुहारी दुवै चुनावमा लडेकाले परिवारका सबै जना खुशी भएको भन्दै मुन्नाका बुबा लक्ष्मण साहले भन्नु भयो , ‘ जित हार आफनो ठाँउमा छ तर दुइ तीन लाख लाग्छ भने पनि घडेरी बेचेर लगाउछु तर छोरा बुहारीको मनोबल भने गिर्न दिन्न । पसलमा खाजा नास्ता खान आउने हरेक ग्राहकसंग छोरा बुहारीका लागि भोट माग्ने गरेको उहाले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
गादी खोला किनारको रूखमा एकजना झुण्डिएको अवस्थामा फेला
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन