मधेशी जनअधिकार फोरम मधेशद्वारा एमसिसि परवानीपुरमा विरूद्ध प्रदर्शन




वीरगन्ज,२० साउन । बाराको परवानीपुर गाँउपालिकाको परवानीपुर बजारमा आज मधेशी जनअधिकार फोरम मधेशले एमसिसि विरूद्ध प्रदर्शन गरेको छ ।

एमसिसिले देशलाई झनै अस्थिरता तर्फ धकेल्ने भन्दै मधेसी जनअधिकार फोरम मधेसले प्रदर्शन गरेको हो ।प्रदर्शनमा सहभागिहरूले एमसिसि खारेज गर, एमसिसि सम्झौता गर्न पाइदैन लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल तथा अन्य पार्टीका अध्यक्षहरू विरूद्ध नाराबाजी पनि गरेका थिए ।

मधेसी जनअधिकार फोरम मधेसका राष्ट्रिय अध्यक्ष भाग्यनाथ गुप्ताको अगुवाइमा भएको प्रदर्शनमा पार्टीका बारा जिल्ला अध्यक्ष मोहन यादव, नेताहरु राज करन यादव , संन्तोष कुमार साह लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान