मधेसको मुद्दामा काठमाडौले मधेसको संवेदनशीलता बुझ्न सकेन– केन्द्रीय सदस्य कोईराला



पर्सा बीरगञ्ज चैत्र २४ नेपाली कााग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोईरालाले काठमाडौंले मधेसको संवेदनशीलतालाई बुझन नसकेको बताउनुभएको छ ।प्रेस युनियनले विहीबार वीरगञ्जमा गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले नेपाली कांग्रेस मधेसको मुद्दामा गम्भीर भएपनि काठमाडौले मधेसको संवेदनशीलता बुझ्न नसकेको बताउनुभएको छ ।संविधान संशोधन नभई मधेस कुनै पनि राजनीतिक गतिविधि अघि बढाउने पक्षमा नरहेको आफूले बुझेको भन्दै वहाले कांग्रेसले अघि सारेको चारवटा प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्नेमा जोड दिदै सिमांकनको बिषयलाई टुंगो लगाउन आयोग बनाउदा एमाले माओबादी कांग्रेसमात्र नभई मधेशका बिज्ञहरु पर्ने भन्नुभयो । ।स्थानीय तहको निर्वाचन हुने ठोकुवा गरेका कोइरालाले दुई चरणको निर्वाचनलाई भने ठाडै अस्वीकार गर्नुभयोे । मध्यममार्ग शक्ति मधेसी मोर्चाले निर्वाचनमा भाग नलिए जातीय द्वन्द निम्तने र त्यसले थप समस्या श्रृजना गर्ने भएकाले सहभागी गराउने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ ।नेकपा एमालेले व्यवस्थापिका संसदमा संविधान सशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न दिन्छ भन्ने विश्वास आफूमा नरहेको भन्दै सीमाङ्कनको विषय आयोग बनाएर समाधान गर्ने तर मधेसको प्रतिनिधित्व सुनिश्चतताको साथै सबै दललाई मान्य हुने गरी आयोगको कार्यादेश बनाउनुपर्नेमा जोड दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड