मधेसीले बुलेटको जवाफ ब्यालेटबाट दिने फोरम नेपालका अध्यक्ष यादवको भनाइ



जेठ ४ संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बुलेटको जवाफ अब मधेसी जनताले ब्यालेटबाट दिने बताउनु भएको छ । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २५ सिर्सियामा बिहीबार फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष यादवले चुनाव पनि संघर्षको एक स्वरुप भएकाले सदियौ देखि मधेसी जनतामा माथि दमन गर्दै आएका काँग्रेस, एमाले र माओवादीलाइ मधेसका जनताले अब चुनावमा मधेसी दलाइ जिताएर सशक्त जवाफ दिने बताउनु भयो । मधेस आदोलनमा निहत्था मधेसी जनता माथि काँग्रेस , एमाले र माओवादीको सरकारले गोली चलाएर नरसंहार गरयो , उहाले भन्नु भयो , ‘ अब मधेसी जनताले बुलेटको जवाफ ब्यालेटबाट दिनेछन् ।संविधान संशोधन नभए सम्म मधेसमा चुनाव हुन नदिने अडानमा फोरम नेपाल कायमै रहेको भन्दै फोरम नेपाल पर्साका अध्यक्ष यादवले तर पछिल्लो समयमा संशोधनका सवालमा सरकार लचिलो देखिएको बताउनु भयो । मधेसमा स्थानीय तहको संख्या थप गर्न सरकार सकरात्मक देखिएको भन्दै उहाले संविधान संशोधन गरेर मधेसमा स्थानीय तहको संख्या थप गरिए फोरम नेपाल दोश्रो चरणको चुनावमा सहभागी हुने बताउनु भयो । अहिले राष्ट्रिय जनता पार्टीका नेताहरुले फोरम नेपालका बारेमा अनेक भ्रम फैलाउने काम गरिरहेको आरोप लगाउदै उहाले मधेसको मुद्धा र आन्दोलनको उठान फोरम नेपाललै नै गरेकाले मधेसी जनता सदैव फोरम नेपालकै साथमा रहने दाबी गर्नु भयो । मधेसको मुद्धा सम्बोधन नभए सम्म फोरम नेपाल संघर्षको मैदानबाट पछाडि नहट्ने उहाले बताउनु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै फोरम नेपालका नेता एंव समाजसेवी विजय कुमार सरावगीले मधेसको मुद्धा र माग प्रति पछिल्लो समयमा सरकार सकरात्मक देखिएको भन्दै मधेसमा स्थानीय तहको संख्या थपिने विश्वास व्यक्त गर्नु भयो । चुनाव पनि आन्दोलनकै एक अर्को स्वरुप भएको भन्दै नेता सरावगीले अबको चुनाव मार्फत मधेसी जनताले खस शासकहरुलाइ गतिलो जवाफ दिने बताउनु भयो ।वीरगन्ज वर्षौ देखि उपमहानरपालिका रहेको भएपनि विकास निर्माणका सवालमा यहाका ठूला दलका सांसद र नेताहरुले सधैं उपेक्षा गरेकाले नै वीरगन्जको दुर्दशा भएको सरावगीले बताउनु भयो । कार्यक्रममा तात्कालीन तराइ मधेस लोकतान्त्रिक पार्टीका नेता विसु राउत कुर्मी र चनरदेव राउत कुर्मीको नेतृत्वमा करिब एक सय ५० जना फोरम नेपालमा प्रवेश गरेका थिए । फोरम नेपालका क्षेत्रीय उपाध्यक्ष मुन्ना साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा फोरम नेपालका जिल्ला सदस्य विनोद चौरसीयाले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड