मधेसी दलहरुलाइ झुक्याउने नियतले सहमतिको नाममा पाच बुदे प्रस्ताव ल्याइएको छ– सांसद गद्धी



चैत्र १९ संघीय समाजबादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एंव सांसद लालबाबु राउत गद्धीले मधेसी दलहरुलाइ फेरि झुक्याउने नियतले सरत्तारुढ दलले सहमतिको नाममा पाच बुदे प्रस्ताव ल्याएको बताउनु भएको छ । वीरगन्जको घडीअर्वामा शनिबार फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष गद्धीले यसअघि थुप्रै पटक सहमति भएपनि कार्यान्वयन नभएकाले अहिले सत्तारुढ दलले ल्याएको प्रस्ताव पनि मोर्चालाइ अल्मल्याउनका लागि मात्र भएको जिकिर गर्नु भयो । उहाले शुक्रबार सत्तारुढ दलसंग सहमति भएको भन्ने हल्ला निराधार भएको बताउनु भयो। कार्यक्रमलाइ सम्बोधन गर्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले संविधान संशोधन बिना मधेसमा चुनाव सम्भव नै नभएको दाबी गर्नु भयो । उहाले सरकारले सेना र प्रहरीको बलमा जबरजस्ति चुनाव गर्न खोजे स्थिती झन भयावह हुने चेतावनी दिनु भयो । चैत मसान्त सम्म मोर्चाको माग सम्बोधन नगरिए बैशाख पहिलो साता देखि नै सशक्त आन्दोलन शुरु गरिने उहाले बताउनु भयो । कार्यक्रमलाइ फोरम नेपालकी केन्द्रिय सदस्य करिमा बेगम , नेता विजय सरावगी, सलाउदीन अहमद लगायतकाले पनि सम्बोधन गरेका थिए । जोगिन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता सतोष श्रीवास्तव, प्यापसन पर्साका पुर्बसचिव शिव गुप्ता, कलवार समाजका कोषाध्यक्ष पुनम गुप्ता , व्यापारी पवन भगेडिया,क्याल ग्रुपका निर्देशक सुरेश क्याल , खुद्रा व्यवसायिक संघ बीरगजका पुर्ब अध्यक्ष पवन कुमार सिस्का गरि दुइ सय ५० जाना फोरम नेपालमा प्रबेश गरेको संघीय समाजवादी युवा फोरमका केन्द्रिय सदस्य सुशील साह कानुले जानकारी दिनु भयो ।

यसैबिच वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा पनि शनिबार फोरम नेपालले पर्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वडा नम्बर १७ का पुर्व वडा अध्यक्ष एंव राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता भरत प्रसाद कुर्मी सहित पुर्व नगर परिषद सदस्य अब्दुल अलीम अन्सारी , धुरेन्द्र प्रसाद कुर्मी, सिकेन्द्र पटेल , जमुनी राउत कुर्मी गरि एक सय जना फोरम नेपालमा प्रवेश गरेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिनु भयो । फोरम नेपालको वडा कमिटीका अध्यक्ष रफिक अन्सारीको अध्यक्षता एंव फोरम नेपालकी केन्द्रिय सदस्य करिमा बेगमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोरम नेपाल पर्साका अध्यक्ष यादव , विजय सरावगी, क्षेत्रीय अध्यक्ष कामेश पडित ,शिक्षक फोरमका उपाध्यक्ष अम्बुज सिंह, मुस्लिम फोरमका केन्द्रिय सदस्य रहुब अन्सारी , जिल्ला सदस्य अजाद अन्सारी लगायतको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अफगानिस्तानमा बेरोजगारी बृद्धि
अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
उपकार सेवा नेपाल द्वारा पर्सा र बाराका गरि दुइ सामुदायिक विद्यालयलाइ पंखा प्रदान