मधेसी ६ वटा दलबीच एकता भएपछि पर्सा र बाराका नेता कार्यकताहरुमा उत्साह



बैशाख ११ मधेस केन्द्रित राजनीति गर्दै आएका ६ वटा दलहरु बीच एकता भएपछि पर्सा र बाराका मधेसी दलका नेता कार्यकताहरुमा उत्साह छाएको छ । यसअघि मधेशी दलहरु अलग अलग कितामा भएकै कारण मधेसको माग पूरा हुन नसकेको भन्दै उनीहरूले अब मधेसी दलहरु बिच एकता भएपछि मधेसको माग सम्बोधन गराउन सरकारलाइ शसक्त दबाब पर्ने बताएका छन् । ‘मोर्चामा आबद्व मधेसी दलहरु बिच एकता भएपछि आम मधेसी जनता पनि खुशी छन् , पर्सा पकाहा मैनपुरका मदन साहले भन्नुभयो ,अब मधेसको माग पुरा हुन्छ भन्ने विश्वास जागेको छ । एकता अघिको नेपाल सद्भावना पार्टीका महासचिव रहेका शिव पटेलले मधेसी दलहरु बिच एकता भएपछि मधेसी कार्यकर्ताले उठाउँदै आएको माग सुनुवाई भएको प्रतिक्रिया दिनुभयो । ‘गाउँमा जाँदा कार्यकर्ताले फुटेर अधिकार पाइँदैन, मधेसी दलहरु मिलेर आउनुस् भन्थे ,जिल्लाबाट यो सम्भव थिएन तर परिस्थितिले केन्द्रबाटै मिल्ने वातावरण बनाइदियो,’ उहाले भन्नुभयोे, ‘एकतापछि मधेसीका माग पूरा हुने विश्वास कार्यकर्तामा जागेको छ ।’ केन्द्रमा एकतापछि जिल्ला नेतृत्व चयनका लागि छलफल भइरहेको नेताहरूले बताएका छन् ।नेता पटेलले स्थानिय तहको चुनाव सम्म केन्द्रमा जस्तै जिल्लामा पनि सामुहिक अध्यक्ष मण्डल बनाएर चुनावमा जाने रणनीति राष्टिय जनता पार्टीको रहेकोे बताउनुभयो । उहाँले दोस्रो चरणको चुनावको लागि गाउँ गाउँमा मधेसी दलका तर्फबाट पनि उम्मेदार बारे चर्चा शुरु भईसकेको बताउनुभयो । मधेशी दलहरु बिच एकता भएपछि स्थानिय निकायको चुनावमा पर्सा र बाराबाट मधेशी दलकै उम्मेदवारले जित्ने दावी मधेसी दलका स्थानीय नेता कार्यकर्ताहरुको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ब्रम्हपुरी आधारभूत विद्यालयमा आज छात्राहरुलाइ साइकल वितरण
१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड