मध्यम तथा छोटो दुरीका गाडीको भाडा बढाउन माग गर्दै यातायात व्यवसायी आन्दोलनमा



काठमाण्डौ ७ साउन । – मध्यम र छोटो दुरीका गाडीको भाडा बढाउनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

चक्रपथका विभिन्न ठाउँमा जम्मा भएर उनीहरूले सङ्घीय सरकारले लामो दुरीको गाडीको भाडा बढाएकाले छोटो र मध्यम दुरीका गाडीमा पनि भाडा बढाउन माग गरेका हुन् । व्यवसायीहरूले सबै यातायात मजदुरलाई कोभिडविरुद्धको खोप लगाउनुपर्ने पनि माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सङ्घीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र पालिकाले पनि समायोजन गर्नुपर्नेमा जोड दिनुभयो । यातायात व्यवस्था विभागले गएको असार ३० गते दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालवाहक सवारी साधनमा २६ प्रतिशतसम्म भाडा बढाएको थियो ।

गाडीसहित निकालेको ¥यालीले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । यात्रु र बिरामीसमेत मर्कामा परेका छन् ।

विसं २०६५ मा पेट्रोलियम पदार्थ, सवारी साधन र त्यसको पार्टपुर्जाका आधारमा सार्वजनिक सवारी साधनको भाडा निर्धारणसहित मापदण्ड तय गरिएको थियो । त्यो मापदण्डअनुसार पेट्रोलियम पदार्थको मूल्यलाई ३५ प्रतिशत र पार्टपुर्जालाई ६५ प्रतिशत आधार बनाइएको थियो । त्यही आधारमा वार्षिक रूपमा भाडा समायोजन गरिनुपर्नेमा झन्डै नौ वर्षदेखि हुन नसकेको यातायात व्यवसायीको गुनासो छ ।

संविधानअनुसार यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी तीन तहमै बाँडिएको छ । पालिकाभित्र गुड्नेको पालिका, प्रदेशभित्र गुड्नेको प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा गुड्नेको व्यवस्थापन र नियमनको जिम्मेवारी सङ्घीय सरकारको हुने व्यवस्था छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धानमा मल हाल्ने समय सकिएप्छि मात्रै फेरि वीरगन्जमा मल यूरिया भित्राइद
विजयवस्तीमा प्रहरी चौकीको अगाडिबाट नै मोटरसाइकलको पाटपुर्जा चोरी
नेपाल भारत सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको आज एकहप्ता बितिसकेको भएपनि अझै सीमा खोल्ने संकेत देखिएन
नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगायो