मन्त्रिपरिषद् विस्तारमा सहमति जुट्न नसकिरहेका बेला सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताले आज भेटवार्ता



नारायणी डेक्स
वीरगन्ज,१७ भाद्र । मन्त्रिपरिषद् विस्तारमा सहमति जुट्न नसकिरहेका बेला सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताले आज भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भेटवार्ता भएको हो । देउवालाई भेटेलगत्तै दाहालले नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्नु भएको छ ।

दाहाल र नेपालबीच सिंहदरबारस्थित संसद् सचिवालय भवनमा भेटवार्ता भएको हो । भेटघाट मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सत्ता गठबन्धन दलहरूले सरकार गठनको ५१ दिन बित्दा पनि मन्त्रालयको भागबन्डा टुंगो लगाउन सकेका छैनन् । शक्ति र साधनस्रोत बढी भएका मन्त्रालयमा सत्तारूढ दलहरूको दाबी र दलभित्रै आकांक्षीको ताँतीले भागबन्डामा शीर्ष नेताहरूलाई सकस परेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक
पर्सा बाराको उद्योग कलरकारखाना र गाडी ग्यारेजहरुमा आज विश्वकर्मा पुजा भव्य रुपमा मनाइँदै
आज हरितालिका ,तीज शिवालयहरुमा वर्तालुको भीड
एमसीसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्दै, विपक्षी दलका नेतासँग भेटेपछि मात्रै प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने